
गान्तोक, 11 फरवरी (हि.स.)। भारत सरकारको नेशनल अथोरिटी केमिकल वेपन्स कन्भेन्सन (एनएसीडब्ल्यूसी), क्याबिनेट सचिवालयकी अध्यक्ष रोली सिंह तीन दिवसीय भ्रमण आज सिक्किम आइपुगेकी छन्। उनी आगामी 11 फरवरीसम्म सिक्किमको आधिकारिक भ्रमणमा रहने बताइएको छ।
भ्रमणको क्रममा अध्यक्षले सिक्किम सरकारका मुख्य सचिव लगायत वरिष्ठ अधिकारीहरूसँग अनुपालन न्यूनीकरण र नियमनमुक्ति अभ्यासको सम्बन्धमा गान्तोकमा समीक्षा बैठकहरू गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष सिंहको आगमनमा राज्य वाणिज्य एवं उद्योग विभागकी विशेष सचिव एवं निदेशक छोडेन ग्याछो लगायत अन्य अधिकारीहरूले स्वागत जनाएका थिए।
हिन्दुस्थान समाचार / बिशाल