अमेरिकाले आफ्ना नागरिकहरूलाई मणिपुर, जम्मू-कश्मीर नजान सल्लाह दियो
american tourists advisory


वाशिङ्गटन, 25 जुलाई (हि.स.)। अमेरिकाले भारतको यात्रामा जाने आफ्ना नागरिकहरूलाई मणिपुर र जम्मू-कश्मीरका साथै भारत-पाकिस्तानको सीमावर्ती क्षेत्र र देशको मध्य अनि पूर्वी भागमा यात्रा नगर्न सल्लाह दिएको छ। साथै नक्सल प्रभावित क्षेत्रहरूमा पनि नजान सल्लाह दिएको छ।

भारतको निम्ति संशोधित यात्रा परामर्शमा अमेरिकी विदेश विभागले भनेको छ, अपराध, आतङ्कवाद र नक्सलवादका कारण भारतमा धेरै सावधानी अपनाउनु पर्छ। केही क्षेत्रहरूमा जोखिम बढेको छ। भारतलाई लेवल दुईमा राखिएको छ। तर, देशका केही भागलाई लेवर चारमा राखिएको छ जसमा जम्मू-कश्मीर, भारत-पाकिस्तान सीमा, मणिपुर र मध्य एवं पूर्वी भारतका केही ठाउॅं सामेल छन्।

अमेरिकी विदेश विभागले आतङ्कवाद र नागरिक अशान्तिका कारण केन्द्रशासित प्रदेश जम्मू र कश्मीर (पूर्वी लद्दाख क्षेत्र र इसको राजधानी लेहलाई छोड़ेर), सशस्त्र संघर्षको आशंका कारण भारत-पाकिस्तान सीमाको 10 किलोमिटर भित्र, नक्सलवाद, उग्रवादका कारण मध्य र पूर्वी भारतका केही ठाउॅंहरू तथा हिंसा र अपराधका कारण मणिपुरको यात्रा नगर्न सल्लाह दिएको छ। परामर्शमा नागरिकहरूलाई आतङ्कवाद र हिंसाका कारण पूर्वोत्तर राज्यहरूको यात्रामाथि पुनर्विचार गर्न सिफारिश गरिएको छ।

परामर्शमा भनिएको छ, भारतीय अधिकारीहरूको रिपोर्ट अनुसार बलात्कार भारतमा सबैभन्दा द्रुत गतिमा बढ्दो अपराधहरू मध्ये एक हो। यौन उत्पीडन जस्तो हिंसक अपराध पर्यटक स्थल र अन्य स्थानहरूमा भएका छन्। आतङ्कवादीहरूले कुनै पनि समय हमला गर्न सक्छन्। उनीहरूले पर्यटक स्थल, परिवहन केन्द्र, बजार, शपिङ मल र सरकारी प्रतिष्ठानलाई निशाना बनाउॅंछन्। अमेरिकी सरकारका कर्मचारीहरूलाई पूर्वी महाराष्ट्र र उत्तर तेलंगानादेखि लिएर पश्चिमी पश्चिम बंगालको भ्रमण गर्न विशेष अनुमति लिन आवश्यक रहेको बताएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande