टोक्यो, 27 जुलाई (हि.स.)। क्वाडको विदेश मन्त्रीहरूको बैठकमा भाग लिनका लागि विदेशमन्त्री एस. जयशंकर दुई दिवसीय (28-30 जुलाई) भ्रमणमा शनिवार टोक्यो पुगे। जयशंकर यहॉं आइपुग्दा जापानमा भारतका राजदूत सिबी जर्जले स्वागत गरे। जापानस्थित भारतीय दूतावासले सोशियल मिडियामा पोस्ट साझा गरेको छ।
आफ्नो भ्रमण अवधि एस. जयशंकर अस्ट्रेलिया, जापान र अमेरिकाका विदेश मन्त्रीहरूसॅंग क्वाड बैठकमा भाग लिनेछन्। विदेशमन्त्री स्तरको बैठकमा क्वाड समूहद्वारा गरिएको पहल र वर्किङ ग्रुपका कामहरूको समीक्षा गरिने छ।
टोक्योमा आज विदेशमन्त्री जयशंकरले अमेरिकी विदेशमन्त्री एण्टनी ब्लिंकनसॅंग भेट गर्नेछन्। यो वर्षको अन्तमा भारतमा क्वाड नेताहरूको बैठक हुनु छ। क्वाडका विदेशमन्त्रीहरूको बैठक यसै वर्ष जनवरीमा हुनु थियो, तर बैठक स्थगित गरियो।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल