
वाशिङ्गटन, 11 दिसम्बर (हि.स.)। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्प गोल्ड कार्डको नाममा नयॉं वीजा प्रोग्राम शुरू गरेका छन्। यसको घोषणा गर्दै बुधवार उनले भने, 'मानिसहरूले यो कार्ड गोल्ड कार्ड नागरिकताको लागि आवेदन गर्न सक्नेछन्। नयॉं वीजा प्रोग्रामले अमेरिकी खजानामा अरबौं डलरको वृद्धि हुनेछ।'
ट्रम्पले वाइट हाउसको रूजवेल्ट रूममा बिजनेस लीडर्सको उपस्थितिमा यस बहुप्रतीक्षित योजनाको घोषणा गरे। उनले ट्रुथ सोशलमा लेखे, 'अमेरिकी सरकारको ट्रम्प गोल्ड कार्ड आज आएको छ। सबै योग्य र वेरिफाइड मानिसहरूका लागि नागरिकताको सोझो मार्ग। अमेरिकी कम्पनीहरूले आफ्ना प्रतिभाहरूलाई आफुसॅंग राख्न पाउनेछन्। लाइव साइट 30 मिनटमा खोलिने छ।'
कार्ड लञ्च गर्दै अमेरिकी राष्ट्रपतिले दाबी गरे, 'यो ग्रीन कार्ड जस्तै हो, तर यसबाट धेरै फाइदा हुनेछ। यसबाट प्राप्त हुने अरबौं डलर अमेरिकी सरकारको खजानामा जानेछ। यसले हाम्रो देशमा प्रतिभाशाली मानिसहरूलाई ल्याउन अवसर प्रदान गर्नेछ।'
'ट्रम्प गोल्ड कार्ड' को लागि आवेदन प्रक्रिया शुरू भएको छ। यसको आधिकारिक वेबसाइटमा इच्छुक व्यक्तिहरूले आवेदन गर्न सक्नेछन्। ट्रम्प गोल्ड कार्ड प्राप्त गर्नका लागि व्यक्तिगत आवेदकहरूले 10 लाख डलर (1 मिलियन डलर) दिनु पर्नेछ। कम्पनीहरूद्वारा प्रायोजित आवेदकहरूका लागि यो राशि 20 लाख डलर छ, जसको भारतीय करेन्सीमा मूल्य लगभग 18 करोड़ रूपियॉं हुन्छ। यसका साथै 15,000 डलरको नन-रिफन्डेबल प्रोसेसिङ फीस पनि दिनु पर्नेछ।
हिन्दुस्थान समाचार / भवानी थामी