टोक्यो, 29 जुलाई (हि.स.)। भारतका विदेशमन्त्री एस. जयशंकरले जापानको राजधानी टोक्योमा सोमवार चार देशको समूह क्वाडका विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधित गरे। उक्त जानकारी जयशंकरले आफ्नो एक्स ह्यान्डलमा भिडियोका साथ साझा गरेका छन्।
यस अघि उनको अस्ट्रेलियाका विदेशमन्त्री पेनी वोंगसॅंग भेट भयो। दुवै नेताहरूले सुरक्षा, व्यापार र शिक्षासहित द्विपक्षीय सम्बन्धहरूलाई बलियो बनाउन र हिन्द-प्रशान्त क्षेत्रमा व्यावहारिक सहयोगलाई बलियो बनाउन चर्चा गरे।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल