पेरिस ओलम्पिक: मनिका बत्राले राउण्ड अफ् 32 मा फ्रान्सकी पृथिका पावड़ेलाई हराइन्
manika batra


पेरिस, 30 जुलाई (हि.स.)। भारतीय प्याडलर मनिका बत्राले सोमवार राति पेरिस ओलम्पिकको टेबल टेनिस महिला एकलको राउण्ड अफ् 32 म्याचमा फ्रान्सकी पृथिका पावड़ेलाई पराजित गरिन्। टे​बल टेनिस महिला एकल राउण्ड अफ् 32 म्याचमा मनिका बत्राले आफ्नो प्रतिद्वन्दीलाई 4-0 (11-9, 11-6, 11-9, 11-7) ले हराइन्।

बत्राले पहिलो गेम 11-9 ले जितिन्। उनले दोस्रो गेम पॉंच अंकको सहज अन्तरले आफ्नो नाम गरिन्। पावड़ेले तेस्रो गेममा प्रतिरोध गर्ने प्रयास गरिन्, तर बत्राले गेम 11-9 ले जितिन्।

यस अघि राउण्ड अफ् 64 म्याचमा मनिका बत्राले ग्रेट ब्रिटेनकी अन्ना हर्सीलाई हराएकी थिइन्। 29 वर्षीय बत्राले उत्कृष्ट प्रदर्शन गर्दै 11-8, 12-10, 11-9, 9-11, 11-5 को स्कोरका साथ म्याच जितेर राउण्ड अफ् 32 मा आफ्नो स्थान पक्का गरेकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल


 rajesh pande