कमर्शियल ग्यास सिलेण्डर 8.50 रुपियाँ महँगो, नयाँ दर लागू
gas


नयाँ दिल्ली, 01 अगस्त (हि.स.)। बजेट पेश भएपछि मानिसहरूलाई महँगीको पहिलो झट्का लागेको छ। सार्वजनिक क्षेत्रका तेल एवं ग्यास विपणन कम्पनीहरूले कमर्शियल ग्यासको मूल्यमा 8.50 रुपियाँ प्रतिसिलेण्डरसम्म वृद्धि गरेका छन्। यद्यपि घरेलु ग्यास सिलेण्डरको मूल्यमा भने कुनै प्रकारको फेरबदल गरिएको छैन। नयाँ दर बिहीवारदेखि नै लागू भएको छ।

इण्डियन ओयलको वेबसाइटमा उल्लेख गरिए मुताविक राजधानी दिल्लीमा 19 किलोग्रामको कमर्शियल ग्यासको मूल्य अब 6.50 रुपियाँ बढ़ेर 1652.50 रुपियाँ प्रतिसिलेण्डर भएको छ जुन पहिला 1646 रुपियाँमा पाइन्थ्यो। कोलकातामा यो 8.50 रुपियाँ बढ़ेर 1764.50 रुपियाँमा प्राप्त भइरहेको छ जुन पहिला 1756 रुपियाँमा प्राप्त भइरहेको थियो।

यसरी नै मुम्बईमा यसको मूल्य 7 रुपियाँ प्रतिसिलेण्डर बढ़ेर 1605 रुपियाँ पुगेको छ जुन पहिला 1598 रुपियाँमा बिक्री भइरहेको थियो। चेन्नईमा कमर्शियल ग्यास सिलेण्डर 1817 रुपियाँमा बिक्री भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande