आरबीआईले वित्तीय क्षेत्रलाई सशक्त बनाउनको लागि नीतिहरू बनाउनेमाथि काम गरिरहेको छः शक्तिकान्त दास
आरबीआईले वित्तीय क्षेत्रलाई सशक्त बनाउनको लागि नीतिहरू बनाउनेमाथि काम गरिरहेको छ


नयाँ दिल्ली/बेंगलुरू, 26 अगस्त (हि.स.)। रिजर्भ ब्यांक अफ इण्डिया (आरबीआई)- का गभर्नर शक्तिकान्त दासले सोमवार यहाँ भने, आरबीआईले लगातार यस्ता नीति, प्रणाली एवं मञ्च तयार गर्नेमाथि काम गरिरहेको छ जसले वित्तीय क्षेत्रलाई सशक्त, जुझारू र ग्राहक केन्द्रित बनाउनेछ। आरबीआई@90 पहल अन्तर्गत डिजीटल सार्वजनिक पूर्वाधार तथा उदियमान प्रौद्योगिकीहरूमाथि वैश्विक सम्मेलनलाई सम्बोधन गर्दै शक्तिकान्त दासले उक्त मन्तव्य व्यक्त गरे।

आरबीआईका गभर्नरले भने, डिजीटल सार्वजनिक पूर्वाधार (डीपीआई) औ उदियमान प्रौद्योगिकीले दुनियाँका लगभग सबै अर्थव्यवस्थाहरूको भविष्यको यात्रालाई आकार दिनेछ। उनले यसमाथि पनि बल दिए, वित्तीय संस्थाहरू आर्टिफिसियल इन्टिलिजेन्स (एआई)- सित सम्बन्धित जोखिमहरूप्रति पूर्ण रूपले सचेत रहनुपर्छ। रिजर्व ब्यांकका गभर्नरले भने, डीपीआईले व्यापक रूपमा सार्वजनिक क्षेत्रमा निर्मित बुनियादी प्रौद्योगिकी प्रणालीहरूलाई सन्दर्भि पार्दछ जुन उपयोगकर्ता अनि अन्य डेभलपरको लागि खुल्ला रूपमा उपलब्ध छ। पछिल्लो दशकमा पारम्परिक ब्यांकिंग प्रणालीमा अभूतपूर्व प्रौद्योगिक बदलाउ भएको छ। यी सबै संकेतहरूबाट थाहा लाग्दछ कि आगामी वर्षहरूमा यो प्रक्रिया अझ तीव्र हुनसक्छ।

उनले भने, यूनिफाइड ल्याण्डिंग इन्टरफेस (यूएलआई) मञ्चले विभिन्न डेटा सेवा प्रदाताहरूबाट ऋणदाताहरूसम्म विभिन्न राज्यको भूमि रेकर्ड सहित डिजिटल जानकारीको निर्बाध प्रवाहको सुविधा प्रदान गर्दछ। दासले भने, प्रारम्भिक चरणबाट प्राप्त अनुभवको आधारमा यूएलआईलाई राष्ट्रव्यापी स्तरमा चाँड़ै पेश गरिनेछ। यूपीआई प्रणाली सीमा बाहिर धन प्रेषणका उपलब्ध माध्यमहरूको लागि एउटा सस्तो र त्वरित विकल्प बनाउने क्षमता हो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा / बिशाल


 rajesh pande