नयॉं दिल्ली, 26 अगस्त (हि.स.)। सारा देशमा आज श्री कृष्ण जन्माष्टमी मनाइॅंदैछ। संसारभरि फैलिएका भगवान श्री कृष्णका अनुयायीहरू बिहानदेखि जन्मोत्सवको तयारीमा जुटेका छन्। यो सत्य हो कि श्रीकृष्ण नै पूर्ण अवतार हुन्। बाकी सबै मिथ्या हो। यो पनि सत्य हो कि उनी योगेश्वर हुन्। उनी राम नायक हुन्। उनी मुरली सम्राट हुन्। उनी गीताका जनक हुन्। उनको आराधना मनको उत्सव हो। जब भक्तले श्रीकृष्ण समक्ष आत्मसमर्पण गर्दछ, तब उनी ‘गोपी’ बन्छन्।
जन्माष्टमीले संसारलाई श्रीकृष्णको भक्ति र समर्पणको शक्ति प्राप्त गर्ने अवसर प्रदान गर्दछ। भगवान श्रीकृष्णको जन्मस्थान उत्तर प्रदेशको मथुरामा अभूतपूर्व तयारी गरिएको छ। श्रीकृष्ण जन्मभूमिमा महिला भक्तहरूले नृत्य गरेर खुशी मनाए। आज बिहान श्रीकृष्ण जन्मभूमि मन्दिरको पर्दा खोलियो र सबैभन्दा पहिला भगवानको आरती गरियो।
राष्ट्रिय राजधानी दिल्लीमा पनि श्रीकृष्ण जन्माष्टमीको मनाइॅंदैछ। श्री लक्ष्मी नारायण मन्दिरमा दर्शनको निम्ति भक्तहरूको भीड ओर्लिएको छ। ईस्ट अफ् कैलाशको इस्कन मन्दिरमा ठूलो संख्यामा श्रद्धालुहरू एकत्र छन्। भगवानको दर्शनको निम्ति पर्दा खोलिएको छ।
मध्य प्रदेशको उज्जैनमा श्रीकृष्ण जन्माष्टमीको अवसरमा महाकालेश्वर मन्दिरमा विशेष भस्म आरती गरियो। साथै हीराको नगर पन्नाको जुगल किशोर मन्दिरलाई रंग विरंगी लाइटहरूले सजाइएको छ। उत्तर प्रदेशको नोएडको इस्कन मन्दिरमा मानिसहरूले बांकेबिहारीको पूजा गरिरहेका छन्। मुम्बईको चौपाटीस्थित इस्कन मन्दिरमा पनि भगवान श्रीकृष्णको दर्शनको निम्ति भक्तहरूको भीड ओर्लिएको छ।
गुजरातको अहमदाबादको इस्कन मन्दिरमा पनि मानिसहरूले दर्शन गरिरहेका छन्। हिमाचल प्रदेशको पर्यटक स्थल मनालीको मल रोडमा इस्कनको तत्वावधानमा आयोजित श्रीकृष्ण जन्माष्टमी उत्सवमा भाग लिन ठूलो संख्यामा श्रद्धालुहरू एकत्र भएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी / बिशाल