मुकेश अम्बानीले गरे एआई क्लाउडको घोषणा, क्लाउड स्टोरेज 100 जीबीसम्म फ्री पाइने
मुकेश अम्बानीले गरे एआई क्लाउडको घोषणा


नयाँ दिल्लीभ/मुम्बई, 29 अगस्तद (हि.स.)। देशका प्रख्यात उद्योगपति एवं रिलायन्स इण्डस्ट्रीज लिमीटेड (आरआईएल)-का चेयरम्यान मुकेश अम्बानीले बिहीवार 47औं वार्षिक आम बैठक (एजीएम)- मा जियो एआई क्लाउड वेलकम अफरको घोषणा गरे। उनले एजीएमलाई सम्बोधन गर्दै भने, यसमा जियो यूजर्सलाई 100 जीबीसम्म फ्री क्लाउड स्टोरेज दिइनेछ। आरआईएल-डिज्नी विलयमाथि बोल्दै उनले भने, यो भारतको मनोरञ्जन उद्योगमा एउटा नयाँ युगको शुरूआत हो।

मुकेश अम्बानीले 47औं एजीएममा शेयरधारकहरूलाई सम्बोधन गर्दै भने, म जियो एआई क्लाउड वेलकम अफरको घोषणा गर्न पाउँदा रोमाञ्चित भएको छु। आज म यो घोषणा गरिरहेको छ, जियोका प्रयोगकर्ताहरूलाई आफ्नो सबै फोटो, भीडियो, दस्तावेज, डेटा तथा अन्य सबै डिजीटल सामग्रीलाई सुरक्षित रूपले स्टोर गर्न तथा एक्सेस गर्नको लागि 100 जीबीसम्म निशुल्क क्लाउड स्टोरेज प्राप्त हुनेछ। हामीसित अधिक स्टोरेजको आवश्यकता भएका मानिसहरूको लागि बजारमा सबैभन्दा सस्तो मूल्य पनि हुनेछ। हामी यस वर्ष दीपावलीमा जियो एआई क्लाउड वेलकम अफर लञ्च गर्ने योजना बनाइरहेका छौं।

उनले यो पनि भने, रिलायन्सले आगामी 5 सेप्टेम्बर, 2024-मा 1:1 रेश्योमा बोनस इश्यू दिनेमाथि विचार गर्नेछ। उनको तेलदेखि लिएर दूरसंचारसम्मको व्यापार गर्ने समूह अल्पकालिक लाभ कमाउने तथा सम्पत्ति जमा गर्ने व्यापारमा नभएर देशको निम्ति धन सृजनमाथि केन्द्रित छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande