कमर्शियल ग्यास सिलेण्डरको मूल्य 39 रुपियाँ बढ़्यो, नयाँ दर लागू
कमर्शियल ग्यास सिलेण्डरको मूल्य 39 रुपियाँ बढ़्यो, नयाँ दर लागू


नयाँ दिल्लीत, 01 सितंबर (हि.स.)। सार्वजनिक क्षेत्रका तेल एवं ग्यास विपणन कम्पनी (ओएमसी)- हरूले कमर्शियल ग्यास सिलेण्डरको मूल्य 39 रुपियाँ प्रतिसिलेण्डर बढ़ाएका छन्। यद्यपि घरेलु भान्सा ग्यास सिलेण्डरको मूल्यमा कुनै फेरबदल गरिएको छैन। नयाँ दर शनिवारदेखिकै लागू भएको छ।

इण्डियन ओयलको वेबसाइट अनुसार राष्ट्रिकय राजधानी नयाँ दिल्ली्मा 19 किलोग्राम कमर्शियल ग्यासको मूल्य 39 रुपियाँ बढ़ेर अब 1691.50 रुपियाँ प्रतिसिलेण्डर पुगेको छ जुन पहिला 1652.50 रुपियाँ थियो।कोलकातामा यसको मूल्य बढ़ेर 1802.50 रुपियाँ पुगेको छ जुन पहिला1764.50 रुपियाँ थियो।

यसरी नै मुम्बईमा कमर्शियल ग्यासको मूल्य बढ़ेर 1605 रुपियाँदेखि 1644 रुपियाँ पुगेको छ भने चेन्नईमा मूल्यवृद्धिसितै 1855-मा प्राप्त भइरहेको छ। यद्यपि 14.2 किलोग्राम घरेलु भान्सा ग्यास सिलेण्डरको मूल्यमा कुनै फेरबदल गरिएको छैन। दिल्लीमा यो 803 रुपियाँ अनि मुम्बईमा 802 रुपियाँ प्रतिसिलेण्डर उपलब्ध छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande