बारामुला, 14 सेप्टेम्बर (हि.स.)। बारामुला जिल्लाको क्रेरीको चक टप्पर क्षेत्रमा शनिवार बिहान शुरू भएको भिडन्तमा सुरक्षाबलहरूले तीन आतङ्कीलाई मारेको छ। शुरूमा एक आतङ्कीलाई मारिएको थियो भने पछि अझ दुई आतङ्की मारिए। सुरक्षाबलहरूका जवानहरूले क्षेत्रलाई घेरेर खोजी अभियान चलाएको छ।
एक अधिकारीले यसको पुष्टि गर्दै भने, शुक्रवार अबेर राति पुलिस र सेनाको संयुक्त टीमले टप्पर क्षेत्रमा घेरा हालेर खोजी अभियान शुरू गरेको थियो। सुरक्षाबलहरूको संयुक्त टीम संदिग्ध स्थानतिर अग्रसर बन्ने क्रममा त्यहॉं लुकेर बसेका आतङ्कवादीहरूले गोलीबारी शुरू गरे। यसपछि भिडन्त शुरू भयो। भिडन्तमा अहिलेसम्म तीन आतङ्की मारिएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी