कोलकाता, 12 सेप्टेम्बर (हि.स.)। पश्चिम बंगालमा भाजपा समर्थक चिन्तन मंच मानिने सामाजिक-सांस्कृतिक संगठन ‘खोला हवा’ को तर्फबाट विवेक अग्निहोत्रीको फिल्म ‘द बंगाल फाइल्स’ को विशेष स्क्रीनिङ आयोजित गरिँदैछ। यो कार्यक्रम 13 सेप्टेम्बर दिउँसो 4 बजी दक्षिण कोलकाता स्थित राष्ट्रिय पुस्तकालयका डा. श्यामा प्रसाद मुखर्जी भाषा भवनमा हुनेछ।
फिल्मको यो प्रदर्शन केवल आमन्त्रण पत्रधारकहरूका लागि हुनेछ। संगठनको तर्फबाट बताइएको छ, फिल्मलाई पूरा देशमा 05 सेप्टेम्बरमा रिलीज गरिएको थियो तर पश्चिम बंगालमा यसलाई सिनेमाघरहरूमा प्रदर्शित गर्न सकिएन।
पूर्व राज्यसभा सांसद एवं ‘खोला हवा’ का अध्यक्ष स्वप्न दासगुप्ताले शुक्रवार भने, खोला हवाले कोलकातामा ‘द बंगाल फाइल्स’ को पहिलो स्क्रीनिङ प्रस्तुत गर्नेछ। यसमा हामीलाई गर्व महसूस भइरहेको छ। यस अवसरमा फिल्मका निर्देशक विवेक अग्निहोत्री र अभिनेत्री पल्लवी जोशीको पनि उपस्थित रहने सम्भावना छ।
यस घोषणापछि राजनीतिक बयानबाजी पनि शुरू भयो। तृणमूल कांग्रेसका प्रवक्ता अरूप चक्रवर्तीले भने, फिल्म पूरा देशमा रिलीज भइसकेको छ तर दर्शक हेर्न गइऱहेका छैनन्। निर्देशले आफै शिकायत गरिरहेका छन्। हालमा उनले यहाँसम्म भनेका थिए कि अरिन्दम चटर्जी, रवीन्द्रनाथ टैगोरका भाई हुन्। पछि गलती सुधार्दै भने, उनी अरिन्दम टैगोर हुन्।”
अर्कोतिर, भाजपा नेता सजल घोषले आशंका व्यक्त गरे कि शायद फिल्मको स्क्रीनिङ नहुन पनि सक्छ। उनले भने, घोषणा गरिएको छ तर पुलिसले यसको अनुमति दिनेछ वा छैन, यो तय छैन। राज्यमा कानून-व्यवस्थाको स्थिति खराब छ। यसैले गर्दा पहिले फिल्मको प्रदर्शन सिनेमाघरहरूमा हुन सकेको थिएन। यस पाली पनि सन्देह बनेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी