जम्मू-कश्मीरमा पहिलो पल्ट आतङ्कबिना चुनाउ भयो- मोदी
प्रधानमन्त्री नरेन्द्र मोदी


श्रीनगर, 19 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बिहिवार श्रीनगरमा एक चुनावी ऱ्यालीलाई सम्बोधित गर्दै जम्मू-कश्मीर विधानसभा चुनाउको पहिलो चरणमा बम्पर भोटिङले ढुङ्गामुड़ा गर्ने र आतङ्कका पक्षधर पार्टीहरूलाई खारेज गरिदिएकाे बताएका छन्। उनले भने, यहाँका जनतालाई मोदीको सुरक्षित र समृद्ध जम्मू-कश्मीरको गारन्टीमाथि पूर्ण विश्वास छ, यस कारण यस्ताे भएकाे हाे। उनले श्रीनगर ऱ्यालीमा उपस्थित जनता-जनार्दनप्रति मनबाट आभार व्यक्त गरेका छन्।

विधानसभा चुनाउहरूको दोस्रो चरणको निम्ति बिहिवार श्रीनगरमा चुनावी ऱ्यालीलाई सम्बोधित गर्दै प्रधानमन्त्रीले भने, हामी सबैको उद्देश्य जम्मू-कश्मीरको तीव्र विकास हो। उनले नेकां-पीडीपी र कांग्रेसलाई लक्षित गर्दै भने, तीन परिवारले जम्मू-कश्मीरको राजनीतिलाई आफ्नो सम्पत्ति सम्झेका छन्। यिनीहरूले आफ्नो परिवार बाहेक अरूलाई अगाड़ि आउन दिन चाहँदैनन् अन्यथा पञ्चायत, बीडीसी र डीडीसीको इलेक्शनलाई यिनीहरूले किन रोके ? जम्मू-कश्मीरवासीहरूलाई उनीहरूको जायज अधिकारदेखि वञ्चित गर्नु नै यिनीहरूको राजनीतिक एजेन्डा रहेको छ। यिनीहरूले जम्मू-कश्मीरलाई केवल भय र अराजकता नै दिएका छन्। तर अब जम्मू-कश्मीर यी तीन परिवारको अधिनमा रहनेछैन। आज नानीहरूको हातमा ढुङ्गा होइन पेन छ, पुस्तक छ, ल्यापटप छ। आज स्कूलहरूमा आगो लगाउने खबरहरू आउँदैन। आज यहाँ नयाँ स्कूल-कलेज, एम्स, मेडिकल कलेज, आईआईटी बनिरहेको खबर आइऱहेको छ। म चाहन्छु, हाम्रा नानीहरू पढ़े-लेखेर, उनीहरूको लागि यही नयाँ अवसर बनोस्।

पीएम मोदीले भने, कश्मीरी पण्डितहरूलाई यी तीन परिवारको गलत नीतिहरूको परिणाम भोग्नुपऱ्यो। सिख समुदायलाई पनि नोकसान भयो, हामीले विभिन्न धर्महरू र क्षेत्रहरूलाई एकसाथ ल्याएका छौं। हामीले मन र दिल्लीको दूरीलाई मेटाइरहेका छौं। नानीहरूको के अपराध थियो? किन उनीहरूले स्कूल छोड्नु पऱ्यो? यो दुर्भाग्यपूर्ण थियो। आज हामीले 50,000 नानी स्कूल फर्किनु सुनिश्चित गरेका छौं। हामीले 15,000 स्कूलहरूमा प्री-प्राइमरी कक्षाहरू शुरू गरेका छौं, जसबाट 1.5 लाखभन्दा धेरै नानीहरू लाभान्वित भएका छन्। यस बाहेक लगभग 250 स्कूलहरूलाई पीएमश्री स्कूलहरूमा अपग्रेड गरिॅंदैछ। आज तीन परिवार (पीडीपी, नेशनल कफ्रेन्स र कांग्रेस) सित बोल्नका लागि केहीपनि छैन।

उनले हजरतबल, जेष्टा माता, खीर भवानी, शंकराचार्यको उल्लेख गर्दै भने, यी तीन परिवारकै कारण हाम्रा पवित्र स्थान सुरक्षित छैन। तीन दशकपछि मुहर्रमको जुलूस निकालियो, पर्यटन बढ़िरहेको छ, ट्याक्सी मालिक र ढाबा मालिक हरेकले शान्तिपूर्ण माहोलमा आजीविका कमाइरहेका छन्, यो सब जम्मू कश्मीरका जनताको कारण भएको हो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande