वाशिङ्गटन, 21 सेप्टेम्बर (हि.स.)। अमेरिकाको तीन दिवसीय भ्रमणमा गएका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार अमेरिकी राष्ट्रपति जो बाइडनसॅंग भेट गरे। बैठकको निम्ति पीएम मोदी डेलावेयरमा बाइडनको घर पुगे। बाइडनले पीएम मोदीसॅंग हात मिलाए र दुवै नेताहरूले अंगालो मारेर एकअर्का अभिवादन गरे।
अमेरिकी राष्ट्रपति जो बाइडनले ग्रीनविले, डेलावेयरस्थित आफ्नो आवासमा भेटपछि सोशल साइट एक्स पोस्टमा भने, 'भारतसॅंग संयुक्त राज्य अमेरिकाको साझेदारी इतिहासमा कुनै पनि समयको तुलनामा धेरै बलियो, नजिक र गतिशील छ। प्रधानमन्त्री मोदी र हामी जब पनि बस्छौं, म सहयोगका नयॉं क्षेत्रहरू खोज्ने हाम्रो क्षमताबाट छक्क पर्छु। आजको दिन पनि केही फरक थिएन।'
दुवै नेताहरूको यस भेटको क्रममा चर्चाको उद्देश्य व्यापार, रक्षा र क्षेत्रीय सुरक्षामाथि ध्यान केन्द्रित गर्दै भारत र अमेरिकाबीच रणनीतिक साझेदारीलाई बलियो बनाउनु थियो। यद्यपि, यस द्विपक्षीय बैठकमा चीन र रूसमाथि पनि चर्चा हुने आशा छ।
उल्लेख्य, प्रधानमन्त्री मोदी शनिवार तीन दिवसीय यात्रामा अमेरिकाको फिलाडेल्फिया पुगे। यहॉंबाट उनी डेलावेयर पुगे। यहॉं उनी क्वाडको शिखर सम्मेलनमा जो बाइडन र अस्ट्रेलियाका एन्थनी अल्बनीज र जापानको फुमियो किशिदासॅंग सामेल हुनेछन्।
प्रधानमन्त्री मोदीले आइतवार न्यूयर्कमा एक कार्यक्रममा प्रवासी समुदायलाई पनि सम्बोधित गर्नेछन्। यसैगरी, व्यापार जगतका नेताहयसॅंग पनि भेट्ने उनको कार्यक्रम छ। सोमवार उनले संयुक्त राष्ट्रमा 'भविष्यको शिखर सम्मेलन' मा भाषण दिनेछन् र स्वदेश फर्किनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी