न्यूयर्क, 24 सेप्टेम्बर (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको सफल अनि सार्थक यात्रापछि सोमवार स्वदेश फर्किए। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले एक्स पोस्टमा लेखे, 'प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको सफल अनि सार्थक यात्रा पूरा गरेर नयॉं दिल्लीको निम्ति प्रस्थान भएका छन्।'
प्रधानमन्त्री मोदीले अमेरिकामा तीन दिन बिताए। उनले चतुष्पक्षीय सुरक्षा संवादका सदस्य देशहरूका प्रमुखहरूसॅंग बैठक गरे। यस अतिरिक्त, उनले संयुक्त राष्ट्र महासभामा 'भविष्यको शिखर सम्मेलन' लाई सम्बोधित गरे। भविष्यको शिखर सम्मेलनमा इजराइल-हमास युद्ध र यूक्रेन संकटसहित विश्वभरिमा संघर्षहरूका पृष्ठभूमिमा प्रधानमन्त्री मोदीले भने, 'मानवताको सफलता हाम्रो सामूहिक शक्तिमा निहित छ, युद्धको मैदानमा होइन। संसारमा शान्ति र विकासको निम्ति वैश्विक संस्थाहरूमा सुधार आवश्यक छ।'
प्रधानमन्त्री मोदीले आफ्नो यात्राको क्रममा भारतीय समुदायलाई पनि सम्बोधित गरे। उनले न्यूयर्कमा यूक्रेनका राष्ट्रपति जेलेन्स्कीसॅंग द्विपक्षीय बैठक गरे। लगभग एक महिनामा दुई नेताको यो दोस्रोपल्ट भेट हो।
प्रधानमन्त्री मोदीले एक्स पोस्टमा लेखे, 'न्ययर्कमा राष्ट्रपति जलेन्स्कीसॅंग भेट भयो। हामी द्विपक्षीय सम्बन्धहरूलाई बलियो बनाउन गत महिना यूक्रेनको आफ्नो यात्राका परिणामहरूलाई लागू गर्न प्रतिबद्ध छौं।'
हिन्दुस्थान समाचार / भवानी थामी