काठमाडौं, 27 सेप्टेम्बर (हि.स.)। नेपाल भारत सीमास्थित कोशी ब्यारेजबाट कोशी नदीमा एउटा यात्री वाहक बस दुर्घटनाग्रस्त भएको छ। यद्यपि, बसका सबै यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ। प्रत्यक्षदर्शीहरू अनुसार, बस नदीको किनारमा बलुवा जमेको ठाउॅंमा खस्दा ज्यानमाललाई हानि भएन।
सप्तरीका एसपी विपीन रेग्मीले भने, ब्यारेजको गेट नम्बर 35 को दक्षिणतिर भित्ता भत्काएर नदीमा झरेको नरसिंह डिलक्स सेवाको बस नम्बर को.1.ख. 4601 मा यात्रा गरिरहेका सबै यात्रीहरू सुरक्षित छन्। सबै यात्रीहरूलाई सकुशल उद्धार गरिएको छ। बसमा चालक र सह चालकसहित 20 जना यात्री थिए।
एसपी रेग्मीले भने, उद्धार गरिएका 20 मध्ये 17 यात्री घाइते भएका छन् र उनीहरूको कोशी हेल्थ केयर अस्पतालमा, सुनसरीमा उपचार चलिरहेको छ। तीन जनाको उपचार भारदह अस्पतालमा चलिरहेको छ।
चालक र यात्रीहरूसॅंग सोधपुछ गर्दा उनीहरूले दुर्घटनाग्रस्त बसमा 20 जना यात्रा गरिरहेको बताएका छन्। तरै पनि घटनास्थलमा खोजी कार्य गरिएको एसपी रेग्मीले बताएका छन्।
पुलिस एसपी अनुसार, बस चालक 35 वर्षीय चन्दन कुमार मेहतालाई भारदह पुलिस चौकीमा नियन्त्रणमा राखिएको छ। यात्रीहरूले बयान दिएका छन्, कोशी ब्यारेजमा निर्मित सड़कमा निर्धारित गति सीमाभन्दा द्रुत गतिमा बस चलिरहेको थियो जस कारण अनियन्त्रित बनेर बस नदीमा झऱ्यो।
हिन्दुस्थान समाचार / भवानी थामी