नेपालमा बाढ़ीले भीषण क्षति, अहिलेसम्म 112 को मृत्यु, 100 भन्दा धेरै बेपत्ता
नेपालमा बाढ़ीले भीषण क्षति


काठमाण्डौं, 29 सेप्टेम्बर (हि.स.)। नेपालमा गत दुई दिनदेखि लगातार पानी परिरहेकाले अहिलेसम्म 112 जनाको ज्यान गइसकेको छ। बाढ़ी र पैह्रोकाे चपेटमा परेर सयभन्दा धेरै मानिसहरू बेपत्ता छन्।

राजधानी काठमाण्डौं र वरिपरिका क्षेत्रहरूमा सबैभन्दा धेरै नोकसान देखिएको छ। काठमाण्डौंको अधिकांश हिस्सा डूबेको छ। ज्यानमालको सबैभन्दा धेरै नोकसान यही देखिएको छ। काठमाण्डौंको वरिपरिका अन्य जिल्लाहरूसित सम्पर्क टूटेको छ। लगातार पानी परेको कारण काठमाण्डौंसहित देशभरिका विमान स्थलहरूलाई बन्द गरिएको छ। अत्यधिक वर्षाका कारण बिजुलीको पोल ढल्दा बिजुलीको सप्लाई ठप्प छ र इन्टरनेट सेवा पनि बाधित छ।

नेपालमा 323 मिलीमिटरको रेकर्ड वर्षाका साथै गत 24 घण्टामा 100 जनाको मृत्यु भएको छ। अहिलेसम्म 100 भन्दा धेरै मानिसहरू हराएको पनि जानकारी दिइएको छ। बाढ़ीका कारण सैकड़ौं मानिसहरू घाइते भएको जानकारी गृह मन्त्रालयको तर्फबाट दिइएको छ।

पहाड़ी क्षेत्रहरूमा पैह्रोका कारण देशका 48 राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। काठमाण्डौं जाने सबै राजमार्ग र अन्य मार्ग पैह्रोका कारण बन्द छन्। देशका धेरै जिल्लाहरूको काठमाण्डौंसित सम्पर्क टुटेको छ। शुक्रवार साझँदेखि नै धेरै यात्री वाहक बस ठाउँ-ठाउँ फॅंसेका छन्। केही यात्री बसहरू पैह्रोको चपेटमा पर्दा यात्रीहरूको ज्यान गएको छ। शनिवार साॅंझ यस्तै दुई बसको पत्तो लागेपछि त्यसबाट 14 जनाको शव निकालिएकाे छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande