पाकिस्तानको नौसेनामा 06 सेप्टेम्बरमा दुई युद्धपोत सामेल गरिने
पाकिस्तानको नौसेनामा 06 सेप्टेम्बरमा दुई युद्धपोत सामेल गरिने


इस्लामाबाद, 03 सेप्टेम्बर (हि.स.)। पाकिस्तानको नौसेनामा 06 सेप्टेम्बरमा दुई युद्धपोत पीएनएस बाबर र पीएनएस हुनैनलाई सामेल गरिनेछ। यो जानकारी सेनाको मीडिया विङ इन्टर सर्विसेज पब्लिक रिलेशन्स (आईएसपीआर) ले आज विज्ञप्ति जारी गरी दिएको हो।

यसमा भनिएको छ, 06 सेप्टेम्बरमा पाकिस्तानमा रक्षा दिवसको अवसरमा पीएनएस बाबर र पीएनएस हुनैनलाई औपचारिक रूपमा नौसेनामा सामेल गरिनेछ। जियो न्यूजको रिपोर्टमा सेनाको मीडिया विङको तर्फबाट भनिएको छ, युद्धपोतहरूलाई सामेल गरिने अवसरमा राष्ट्रपति आसिफ अली जरदारी मुख्य अतिथि हुनेछन्। पीएनएस बाबरको निर्माण तुर्किये र पीएनएस हुनैनको रोमानियामा गरिएको छ। यिनीहरू सामेल भएपछि पाकिस्तानी नौसेनाको रक्षा क्षमता अझ् बढ्नेछ।

बयानमा भनिएको छ, वर्टिकल लाञ्चिङ सिस्टमले सुसज्जित चार बाबर श्रेणीको जहाजहरूलाई पाकिस्तानी नौसेनामा सामेल गरिॅंदैछ। पाकिस्तान-तुर्किये समझौता अन्तर्गत दुई जहाज इस्तान्बुलमा र यति नै जहाज कराचीमा बनाइँदैछ। बाबर श्रेणीका अन्य तीन जहाज पीएनएस बदर, तारिक र खैबर निर्माणाधीन छन्। आईएसपीआरले भन्यो, बाबर श्रेणीको जहाज सतह, पानीभित्र र हावामा एकसाथ युद्ध गर्नमा सक्षम छ। 2,888 टन ओजनको बाबर श्रेणीकाे जहाजमा हवाई खतराहरूको सामना गर्न एक उर्ध्वाधर प्रक्षेपण प्रणाली छ। उर्ध्वाधर प्रक्षेपण प्रणाली हवाई लक्ष्यहरूलाई ध्वस्त गर्नसक्छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande