जीटीए प्रमुख अनित थापाको निर्देशनपछि ब्लक भएका नालाहरू खोलाउने कार्य शुरु
Nala-jhora-repair


खरसाङ, 04 सेप्टेम्बर (हि.स.)। नाली ब्लक भएर मैला पानी सबै खरसाङ बजारको सड़कभरि बगेको र स्थिति गम्भीर बनेपछि आज बिहान जीटीए प्रमुख अनित थापाले उक्त क्षेत्रको निरीक्षण गरेका थिए। उनको निरीक्षणपछि ब्लक भएका नालीहरू खोलाउने कार्य शुरु गरिएको छ।

खरसाङको सपिङ सेन्टर नजिक झोडामा हिजो परेको वर्षाका कारण झोडामा बगाएर ल्याएको मैला थुप्रेर झोडामा बग्ने पानी बग्नु नपाएर सडकमा बगेपछि खरसाङको सडक जलथल भएको थियो। आज बिहान जीटीए प्रमुख अनित थापाले उक्त क्षेत्रको निरीक्षण गरेर झट्टै झोड़ा खोल्ने र मरमत्ति गर्ने निर्देशन दिएका थिए।

त्यसै अनुरुप खरसाङ अग्निशमन केन्द्र र खरसाङ नगरपालिकाले संयुक्त रूपमा बन्द भएको झोडा खोल्ने कार्य गरेको छ। सभासद प्रणाम रसाइलीले जानकारी दिँदै भने, झोडा छेउछाउका समाजहरुसँग बसेर बैठक बोलाएका छौं। हिजो खरसाङमा जुन घटना घट्यो अब फेरि फेरि घट्ने छैन। तर हामी स्वयं सचेत रहनु अनि दायित्व वहन गर्नु आवश्यक छ।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande