इम्फाल, 04 सेप्टेम्बर (हि.स.)। सेना तथा अन्य अर्धसैनिक बलहरूको अभियानमा मणिपुर राज्यका अलग-अलग ठाउँहरूबाट भारी मात्रामा हतियार र विस्फोटक सामग्री जफत गरिएको छ। मणिपुरमा दुई समुदायबीच शुरू भएको संघर्षले अब बिस्तारै उग्रवादको रूप लिइसकेको छ। सीमा पारीबाट यी उग्रवादीहरूलाई हतियार र विस्फोटकहरूको आपूर्ति गरिॅंदैछ। यस कारण दिनहुँ भारी मात्रामा हतियार तथा अन्य विस्फोटक जफत भएपनि हतियार-विस्फोटक जफत गरिने क्रम रोकिएको छैन।
उग्रवादीहरूले आम नागरिकहरू र सुरक्षा बलहरूलाई लगातार निशाना बनाइरहेका छन्। मुख्यमन्त्री एन बीरेन सिंहले मंगलवार ड्रोनबाट नागरिकहरू र सुरक्षाबलहरूमाथि गरिएको हमलालाई उग्रवादी गतिविधि ठहर गरेका थिए। सुरक्षा विशेषज्ञहरूको भनाई छ, भारत-म्यान्मार सीमालाई सील गर्नबाट रोक्नका लागि उग्रवादीहरूले विभिन्न प्रकारको प्रयास गरिरहेका छन्। सीमा पारीबाट आतङ्कीहरूलाई हतियार र विस्फोटक आपूर्ति गरिएको पुष्टि मिजोरम तथा मणिपुरमा यही अवधि धेरै पल्ट भइसकेको छ।
मणिपुर पुलिसले आज जानकारी गराएको छ, यही क्रममा राज्यको पहाड़ी र घाटी जिल्लाहरूको सीमान्त र संवेदनशील क्षेत्रहरूमा सुरक्षा बलहरूले तलाशी अभियान चलायो। यस अवधि काङपोकपी जिल्लाको मार्क हिलबाट एक एके-47 राइफल र म्याग्जीन, एक एचके-33 राइफल र म्याग्जीन, एक ट्रिपल बेरल राइफल, एक .22 राइफल, एक बोल्ट एक्शन राइफल, एक 12 इञ्च सिंगल बोर बेरल राइफल, एक एचई-36 ह्याण्ड ग्रेनेड, एक मोटोरोला रेडियो सेट, 10 ज़िउँदो गोला बारूद, 75 फायर गरिएको केस, एक भाँचेको इन्सास राइफल म्याग्जीन, एक माचेटे, तीन बुलेटप्रूफ ज्याकेट, दुई कालो लुगा, चार कम्बल, एक जंगल बूट, दुई ब्याकप्याक ब्याग, एक कालो रेन क्याप तथा एक कम्बेट कोट जफत गरियो। एक अन्य खोजी अभियानमा काङपोकपी जिल्लाको हराओथेलबाट दुई 2 इञ्च मोर्टार एचई बम जफत गरियो। ऱाज्यभरिमा सुरक्षाबलहरूको यो अभियान अहिलेपनि जारी छ।
हिन्दुस्थान समाचार / भवानी थामी