नैनोथेरेपीको विकल्पले क्यान्सरको उपचालाई अझ् राम्रो बनाउनसक्छ- शोध
नैनोथेरेपीको विकल्पले क्यान्सरको उपचालाई अझ् राम्रो बनाउनसक्छ- शोध


नयाँ दिल्ली, 04 सेप्टेम्बर (हि.स.)। विश्वभरिमा क्यान्सरको बढ्दो मामिलाहरूलाई ध्यानमा राखेर नयाँ उपचार विधिहरूको आवश्यकता पनि बढ़िरहेको छ। केमोथेरेपी र सर्जरी जस्ता पारम्परिक उपचारहरूको आफ्ना सीमाहरू छन्, जसमा दवाई प्रतिरोध र गम्भीर दुष्प्रभाव सामेल छन्। यी चुनौतीहरूको सामना गर्न नैनोथेरेपी जस्तो नयाँ उपचार विकसित भइरहेको छ, जसको कम दुष्प्रभाव छ।

यही क्रममा शोधकर्ताहरूले प्रभावी चुम्बकीय हाइपरथर्मिया-आधारित क्यान्सर थेरेपीको निम्ति हीट शक प्रोटीन 90 अवरोधक (एचएसपी90आई) को साथमा अल्ट्रा-सानो चुम्बकीय नैनोकणहरू (एमडी) को आवश्यक खुराकको संयोजनको उपयोग गरेका छन्। यस तकनीकले आवश्यक केमोथेरेपी खुराकलाई कम गरेर उपचारको प्रभाविकतालाई महत्वपूर्ण रूपले बढ़ाउनसक्छ, जसले एक सहायक चिकित्साको रूपमा काम गर्दछ र दुष्प्रभावहरूलाई कम गर्दछ।

विज्ञान एवं प्रौद्योगिकी विभागको स्वायत्त संस्थान नैनो विज्ञान एवं प्रौद्योगिकी संस्थान (आईएनएसटी), मोहालीका वैज्ञानिकहरूले एक संयोजन चिकित्सा गर्मी आधारित क्यान्सर उपचारको प्रभावशीलतामा सुधार गर्नसक्छ भनी देखाएका छन्। यसमा संयोजन रणनीति सामेल छ, जसले चुम्बकीय हाइपरथर्मिया-आधारित क्यान्सर थेरेपी (एमएचसीटी) को साथ हीट शक प्रोटीन 90 (एचएसपी 90) को अवरोधक 17-डीएमएजीको उपयोग गर्दछ।

विज्ञान एवं प्रौद्योगिकी मन्त्रालय अनुसार, अनुसन्धान दलले एमएनपी, जब एक वैकल्पिक चुम्बकीय क्षेत्र (एएमएफ) को सम्पर्कमा आउँछ तब ट्यूमरसित प्रभावी ढंगले सामना गर्नसक्छ भनी देखाएको छ। एसीएस नैनोमा प्रकाशित विधि कम आक्रामक छ र कम दुष्प्रभाव उत्पन्न गर्दछ।

मन्त्रालयको भनाई छ, नयाँ चिकित्साको नैदानिक अनुप्रयोगलाई बुझ्न र वैकल्पिक क्यान्सर चिकित्सा विकसित गर्नका लागि व्यापक वैश्विक शोधको आवश्यकता छ। यो अध्ययनले अधिक कुशल र सहनीय क्यान्सर-विरोधी उपचारहरूको मार्ग प्रशस्त गर्दछ, लाखौं रोगीहरूलाई पर्याप्त लाभ प्रदान गर्दछ र हाइपरथर्मिया-आधारित उपचारहरूका लागि नयाँ दिशाहरू प्रदान गर्दछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande