चण्डीगढ़, 10 जनवरी (हि.स.)। पञ्जाबको अमृतसरमा गुमटला चौकीमा हिजो राति एक धमाका हुँदा सनसनी फैलियो। पुलिसले यसलाई एक पुलिस वाहनको रेडिएटर पड्केको बताएको छ तर आतङ्की संगठन बब्बर खालसाले पुलिस चौकीमा ग्रेनेडले हमला गरेको भन्दै यसको जिम्मेवारी लिएको छ।
जानकारी अनुसार, बिहिवार अबेर राति लगभग 12.30 बजी पुलिस चौकीमा धमाकाको आवाज सुनियो, जसपछि चौकीभित्र तैनात सबै कर्मीहरू बाहिर आए। पुलिस अनुसार, चौकी बाहिर एएसआई तजिन्दर सिंहको गाड़ी खड़ा थियो, जसको रेडिएटर पड्यो र त्यसैले गर्दा धमाकाको आवाज आयो। रेडिएटर पड्केको कारण कूलेन्ट पनि बाहिर निस्क्यो। पुलिस आयुक्त गुरप्रीत सिंह भुल्लरले पनि घटनास्थलको दौड़ाह गरे।
अर्कोतिर, धमाका भएको केही घण्टापछि विदेशमा बसेको आतङ्की ह्याप्पी पसियाको तर्फबाट यसको जिम्मेवारी लिँदै भनियो, पुलिस चौकीमा हमला उसको तर्फबाट गरिएको हो। यस हमलालाई लिएर पुलिसले उसको दाबीहरूलाई खारेज गरेको छ। पुलिसको भनाई थियो, यो विस्फोट पुलिसकर्मीको गाड़ीको रेडिएटर पड्केको कारण भएको हो।
पुलिस तथा सेनाका अधिकारीले यस धमाकाको जाँच गरिरहेका छन्। शुक्रवार एफएसएलका टीमहरूले लगभग तीन घण्टासम्म गुमटला चौकीमा जाँच गरेका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी