नयाँ दिल्ली, 15 जनवरी (हि.स.)। राष्ट्रिय राजधानी दिल्ली र वरिपरिका राज्यहरूका सीमावर्ती शहरहरूका मानिसहरूलाई आज बिहान कठ्याङ्ग्रिने जाड़ो र घना कुहिरोको सामना गर्नुपऱ्यो। विजिबिलिटी शून्य बराबर छ। सड़कहरूमा वाहनहरू सुस्त गतिमा कुदिरहेका छन्। भारत मौसम विज्ञान विभागले आकाशमा बादल छाइरहने सम्भावना व्यक्त गरेको छ। कुहिरो र कम विजिबिलिटीको असर हवाई यातायातमाथि पनि परेको छ।
भारतीय रेलवे अनुसार, राष्ट्रिय राजधानी दिल्ली र उत्तर भारतका केही हिस्साहरूमा कुहिरोको कारण दिल्ली आउने 26 ट्रेन ढिलो कुदिरहेका छन्। मौसम विज्ञान विभाग अनुसार, आज साझँ हल्का पानी पर्नसक्छ। अधिकतम तापक्रम 19 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 9 डिग्री सेल्सियस रहनसक्छ।
ढिलो कुदिरहेका छन् यी ट्रेनहरूः
बिहार क्रान्ति, श्रम शक्ति एक्सप्रेस, गोरखधाम एक्सप्रेस, नयाँ दिल्ली हमसफर, महाबोधि एक्सप्रेस, वैशाली एक्सप्रेस, एसएलएन एएनवीटी एक्सप्रेस, श्रमजीवी एक्सप्रेस, अयोध्या एक्सप्रेस, लखनऊ मेल, पद्मावत एक्सप्रेस, एलकेओ नयाँ दिल्ली एसी एक्सप्रेस, सप्त क्रान्ति एक्सप्रेस, हापा एसवीडीके एक्सप्रेस, मालवा एक्सप्रेस, केसीवीएल सम्पर्क क्रान्ति एक्सप्रेस, जेबीपी एनजेडएम एसएफ एक्सप्रेस, गोन्डवाना एक्सप्रेस, मेवाड़ एक्सप्रेस, निजामुद्दीन दुरन्तो एक्सप्रेस, एसएनएसआई कालका एक्सप्रेस, यूपी सम्पर्क क्रान्ति एक्सप्रेस, बीडीटीएस एलकेयू एसएफ एक्सप्रेस, तेलंगाना एक्सप्रेस, आरकेएमपी एनजेडएम एसएफ एक्सप्रेस र
सम्पर्क क्रान्ति एक्सप्रेस।
हिन्दुस्थान समाचार / भवानी थामी