नयाँ दिल्ली, 15 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुम्बईको नौसेना डोकयार्डमा दुई युद्धपोतहरू र एक पनडुब्बीको जलावतरणपछि भारतले विस्तारवाद नभएर विकासवादको भावनाले काम गर्छ भनेका छन्।
प्रधानमन्त्रीले भनेका छन्, आज भारतको समुद्री विरासत नेवीको गौरवशाली इतिहास र आत्मनिर्भर भारत अभियानको निम्ति पनि धेरै ठूलो दिन हो। छत्रपति शिवाजी महाराजले नौसेनालाई नयाँ सामर्थ्य र विजन दिएका थिए। आज उनको यस पावन धरतीमा 21औं शताब्दीको नेवीलाई सशक्त बनाउने दिशामा हामीले एक ठूलो कदम उठाइरहेका छौं।
उनले भने, एक विध्वंसक, एक फ्रिगेट र एक पनडुब्बी तीनै एकसाथ कमीशन गरिएको पहिलो अवसर हो। सबैभन्दा ठूलो कुरा के छ भने यो फ्रन्टलाइन प्लेटफार्म मेड-इन-इण्डिया उत्पाद हो। यी तीनैले भारतको सुरक्षा र प्रगतिलाई नयाँ सामर्थ्य दिनेछन्। प्रधानमन्त्रीले यसको निम्ति भारतीय नौसेना, इन्जीनियरहरू, श्रमिकहरू र पूरा देशलाई बधाई दिए।
प्रधानमन्त्री नरेन्द्र मोदीले भऩे, आज भारतलाई पूरा विश्व र खासगरी ग्लोबल साउथमा एक विश्वासिलो र जिम्मेवार साथीको रूपमा चिनिन्छ। भारतले सदैव खुल्ला, सुरक्षित, समावेशी र समृद्ध हिन्द-प्रशान्त क्षेत्रको समर्थन गरेको छ। 21औं शताब्दीको भारतको सैन्य सामर्थ्य पनि अधिक सक्षम र आधुनिक होस्, यो देशको प्राथमिकताहरूमध्ये एक हो। जल, थल, नभ, डीपसी र असीम अन्तरिक्ष हरेक ठाउँ भारतले आफ्नो हितहरूलाई सुरक्षित गरिरहेको छ। यसको निम्ति निरन्तर रिफर्म गरिँदैछ।
हिन्दुस्थान समाचार / भवानी थामी