मुम्बई, 15 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले बुधवार मुम्बईको नौसेना डकयार्डमा तीन लड़ाकू जहाज- आईएनएस सूरत, आईएनएस नीलगिरी र आईएनएस वाघशीर राष्ट्रलाई समर्पित गरे। प्रधानमन्त्रीले भने, भारत विश्वमा प्रमुख समुद्री शक्तिको रूपमा अगाड़ी आइऱहेको छ। जहाज निर्माण उद्योगको विस्तारले आत्मनिर्भर भारत अभियानमा मद्दत गर्नेछ।
प्रधानमन्त्रीले मुम्बईमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै भने, आईएनएस वाघशीर (एक 'हन्टर-किलर' पनडुब्बी), आईएनएस सूरत (एक निर्देशित मिसाइल विध्वंसक) र आईएनएस नीलगिरी (एक स्टील्थ फ्रिगेट) सामेल भएपछि भारतीय नौसेना आफ्नो समुद्री उपस्थितिलाई अझ् बलियो बनाउन तयार छ, जसले पाकिस्तान र चीन जस्ता विरोधीहरूको निम्ति एक निवारकको रूपमा काम गर्नेछ।
उनले भने, छत्रपति शिवाजी महाराजले भारतीय नौसेनालाई नय़ाँ शक्ति र दृष्टि दिएका थिए। आज उनको पवित्र भूमिमा हामी 12औं शताब्दीको नौसेनलाई मजबुत गर्ने दिशामा एक ठूलो कदम उठाइऱहेका छौं। एक विध्वंसक, एक फ्रिगेट र एक पनडुब्बी, तीनै एक साथ पहिलो पल्ट सामेल गरिँदैछ। गर्वको कुरा के छ भने तीनै मेड इन इण्डिया हुन्। आज भारतलाई वैश्विक स्तरमा विशेष रूपमा ग्लोबल साउथमा विश्वसनीय र जिम्मेवार भागीदारको रूपमा चिनिन्छ। भारत विस्तारवादको भावनाले होइन विकासको भावनाले काम गर्दछ। भारतले सदैव खुल्ला, सुक्षित, समावेशी र समृद्ध हिन्द-प्रशान्त क्षेत्रको समर्थन गरेको छ।
आईएनएस वाघशीर, जसलाई 'हन्टर-किलर' पनडुब्बीको रूपमा पनि चिनिन्छ, टरपीडो र एन्टी-शिप मिसाइलहरूले सुसज्जित छ र गोप्य जानकारी जुटाउन र माइन-लेइंग क्षमताहरू बाहेक एन्टी-सरफेस र एन्टी-सबमरीन दुवै प्रकारको युद्धमा सक्षम छ।
हिन्दुस्थान समाचार / भवानी थामी