दिल्लीको कोटला रोड स्थित इन्दिरा भवन अब कांग्रेसको नयाँ मुख्यालय
दिल्लीको कोटला रोड स्थित इन्दिरा भवन अब कांग्रेसको नयाँ मुख्यालय


नयाँ दिल्ली, 15 जनवरी (हि.स.)। कांग्रेस संसदीय दलकी प्रमुख सोनिया गान्धीले बुधवार नयाँ दिल्लीमा 9ए, कोटला रोड स्थित पार्टीको नयाँ मुख्यालय (इन्दिरा गान्धी भवन) को फीता काँटेर उद्घाटन गरिन्। यस अगाड़ी पार्टीको ध्वजारोहण गरियो र झण्डा गीत तथा राष्ट्र गान भयो। यस अवसरमा सोनिया गान्धी र कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले संयुक्त रूपमा फीता काँटेर औपचारिक रूपमा उद्घाटन गरे।

यस अवसरमा खरगेले उपस्थित कांग्रेसीहरूलाई सम्बोधित गर्द भने, यो कांग्रेसको निम्ति एतिहासिक क्षण हो। गत 47 वर्षदेखि कांग्रेसको मुख्यालय 24 अकबर रोडमा रहिआएको छ। आज मुख्यालयको उद्घाटन हाम्रो पार्टीको इतिहासमा एक माइलखुट्टी हो। इन्दिरा गान्धी भवनको नामले पार्टीको स्थायी अफिस बनिनु हामी सबैको निम्ति गर्वको विषय हो। यो भवन त्यही क्षेत्रमा बनेको छ, जहाँ हाम्रा महान नायकहरूले सोचेका थिए। 31 दिसम्बर 1952 मा पं. जवाहर लाल नेहरूको अध्यक्षतामा सीडब्ल्यूसीको मीटिङमा यो तय भएको थियो। त्यस दिनको आवाज थियो कि यही क्षेत्रमा कांग्रेस मुख्यालय बनोस्। नेहरूको त्यस इच्छालाई आज सोनिया गान्धीले पूरा गरेकी छन्। यसको आधारशिला 28 दिसम्बर 2009 मा कांग्रेसको 125औं दिवसमा सोनिया गान्धीको देखरेखमा राखिएको थियो। यसको निम्ति हामीले उनीसित उद्गाटन गर्नका लागि पनि अनुरोध गऱ्यौं।

यस अवसरमा लोकसभामा नेता विपक्ष राहुल गान्धीले आफ्नो सम्बोधना भने, नयाँ मुख्यालय कुनै साधारण भवन नभएर यो देशको माटोबाट निस्केको हो। जसले भन्छ कि भारतले 1947 मा स्वतन्त्रता पाएन, यो हरेक भारतीयको अपमान हो। अब समय आएको छ कि हामी यस वाहियातलाई सुन्नु बन्द गरौं।

यस अवसरमा एआईसीसीका समहासचिव केसी वेणुगोपाल, प्रियंका गान्धी, अजय माकन, कांग्रेस शासित राज्यहरूका मुख्यमन्त्री र उप मुख्यमन्त्री समेत भारी संख्यामा पार्टी पदाधिकारी र सांसद, विधायक तथा कार्यकर्ताहरू उपस्थित रहे।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande