नयाँ दिल्ली, 15 जनवरी (हि.स.)। इण्डियन स्टेटलाई लिएर दिइएको बयानलाई लिएर कांग्रेस नेता एवं लोकसभामा विपक्षका नेता राहुल गान्धी घेरिन्दै गएको देखा परिरहेका छऩ्। भाजपा यस बयानलाई लिएर हमलावर छ। बुधवार भाजपा अध्यक्ष जेपी नड्डाले हमला गर्दै राहुल गान्धीको बयान देशलाई तोड्ने किसिमको हो भनेका छन्।
केन्द्रिय मन्त्री जेपी नड्डाले ट्वीट गरे, अब कांग्रेसको घृणित वास्तविकता उसको आफ्नो नेताद्वारा उजागर भएको छ। राहुल गान्धीले त्यो कुरा स्पष्ट भनेका छन्, जुन देशले जान्न चाहेको छ र म यसो निम्ति उनको सराहना गर्दछु कि उनी भारतीय राज्यसित लड़िरहेका छन्। यो कुनै रहस्य होइन कि राहुल गान्धी र उनको तन्त्रको शहरी नक्सलीहरू र डीप स्टेटको साथ घनिष्ठ सम्बन्ध छ, जसले भारतलाई बदनाम, अपमानित गर्न चाहन्छ। उनीद्वारा गरिएका बारम्बार कार्यहरूले पनि यस विश्वासलाई मजबुत बनाएको छ। उनले जेपनि भने वा गरेका छन्, त्यो भारतलाई तोड्ने र हाम्रो समाजलाई विभाजित गर्ने दिशामा हो।
उल्लेख्य, लोकसभामा विपक्षका नेता एवं रायबरेली सांसद राहुल गान्धीले कांग्रेसको नयाँ मुख्यालय 'इन्दिरा भवन' मा पार्टी नेताहरूलाई सम्बोधित गर्दै एक विवादास्पद बयान दिए। उनले बुधवार भाजपा र आरएसएसलाई घेर्दै 'इण्डियन स्टेट' लाई लिएर विवादास्पद टिप्पणी गरे। हाम्रो लड़ाई भाजपा र आरएसएससित मात्र होइन तर इण्डियन स्टेटसित पनि छ, उनले भऩे।
हिन्दुस्थान समाचार / भवानी थामी