किसान नेता डल्लेवालको स्वास्थ्यमा सुधार, 57औं दिन अनशन जारी
किसान नेता डल्लेवालको स्वास्थ्यमा सुधार, 57औं दिन अनशन जारी


चण्डीगढ़, 21 जनवरी (हि.स.)। पञ्जाबको खनौरी बर्डरमा किसान नेता जगजीत सिंह डल्लेवालको आमरण अनशन मंगलवार 57औं दिन पुगेको छ। यसबीच ट्रेक्टर मार्चको रणनीति बनाउन किसानहरूको बैठकहरूको क्रम पनि बर्डरमा शुरू भएको छ। चिकित्सीय सहायता लिएपछि डल्लेवालको स्वास्थ्यमा सुधार भएको छ।

खनौरी बर्डरमा डल्लेवालको देखरेखमा डाक्टरहरूले राति मेडिकल बुलेटिन जारी गरी भने, शनिवार रातिदेखि मेडिकल एड लिएदेखि अब उनको स्वास्थ्यमा केही सुधार देखिँदैछ। छिट्टै नै उनको रगतको नमूनाको रिपोर्ट आउनेछ। आठ सीनियर डाक्टरहरूले उनको देखरेख गरिरहेका छऩ्।

डाक्टरहरूको प्रय़ास छ कि 14 फरवरीमा केन्द्र सरकारसित हुने बैठक अगाड़ी उनको स्वास्थ्यमा अप्रत्याशित सुधार होस्। किसान मजदूर मोर्चाका संयोजक सरवण सिंह पन्धेरले भने, डा. स्वयमान सिंहको रिपोर्ट अनुसार डल्लेवालसित खानपान शुरू गर्ने अनुरोध गरिएको छ ताकि 14 फरवरीको बैठकमा उनी सामेल हुन सकुन्। किसान नेताहरूले चेताउनी दिए कि यदि किसान आन्दोलनको समर्थन गर्ने कुनैपनि लोक-कलाकार विरूद्ध सरकारले शत्रुत्रापूर्ण कारबाही गऱ्यो भने संयुक्त किसान मोर्चा र किसान मजदूर मोर्चा चट्टान सरह उनीहरूको साथ खड़ा रहनेछ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande