करोड़ौंको सुन लिएर भागेको थियो, क्राइम ब्राञ्चले समात्यो
करोड़ौंको सुन लिएर भागेको थियो, क्राइम ब्राञ्चले समात्यो


नयाँ दिल्ली, 29 जनवरी (हि.स.)। दक्षिणी दिल्लीको सीआर पार्क क्षेत्रमा ज्वेलरकोबाट 2.90 करोड़ रुपियाँको सुन लिएर भागेको स्टोर इञ्चार्ज (म्यानेजर)-लाई दिल्ली पुलिसको क्राइम ब्राञ्चले पश्चिम बंगालको नदिाबाट पक्राउ गरेको छ। यी आरोपीको पहिचान कृष्णु गोस्वामी (45)- को रूपमा भएको छ। लगभग 1500 किलोमीटर लखेटेपछि आरोपीलाई समात्न क्राइम ब्राञ्चको टीम सफल भएको थियो।

मामिला दर्ता भएपछि आरोपीको पक्राउमाथि दिल्ली पुलिसले 50 हजार रुपियाँ इनाम घोषमा गरेको थियो। क्राइम ब्राञ्चको टीमले आरोपीलाई दिल्लीमा लिएर आयो। जाँचबुझपछि स्थानीय पुलिसलाई सुम्पिदियो। पुलिस अनुसार 2 अगस्त, 2023-मा सीआर पार्क थानामा राजकुमार नामक ज्वेलरले एक सिकायत दर्ता गराएका थिए। पीड़ितले बताएका थिए, उसको स्टोर इञ्चार्ज लगभग 4.732 किलोग्राम सुन लिएर भागेको छ जसको मूल्य 2.90 करोड़ रुपियाँ रहेको छ। पुलिसले मामिला दर्ता गरी अनुसन्धान शुरू गऱ्यो।

क्राइम ब्राञ्चको टीमले पनि आरोपीलाई खोज्न शुरू गऱ्यो। यसबीच कृष्णु गोस्वामीको पक्राउमाथि 50 हजार रुपियाँको इनाम घोषणा गरियो। जाँचमा पुलिसलाई थाहा लाग्यो, आरोपी आफ्नो पैतृक गाउँ पश्चिम बंगालको नदियामा लुकेर बसेको छ।

एक टीमलाई पश्चिम बंगालमा पठाइयो। गत 27 जनवरीमा आरोपीलाई उसकै गाउँबाट पक्राउ गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande