साेनादा, 04 जनवरी (हि.स.)। अहमद डेन्टल कलेज एवम् अस्पतालबाट बीडीएस (बेचलर अफ डेन्टल) को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर लोहापूल निवासी लाडेन मोक्तान डेन्टल डाक्टर बन्न सफल बनेकी छन्। उनी सुरेन मोक्तान र साङडोल्मा मोक्तानकी छोरी हुन्।
सानैदेखि तीक्ष्ण बुद्धिकी लाडेनले कालेबुङ सन्त जोसेप कन्भेन्टबाट आईसीएसईमा प्रथम दर्जामा उत्तीर्ण भएर त्यसबेला नै आफ्नो लक्ष्य तय गरेको बताउँछिन्। त्यसपछि उनले कालेबुङ केन्द्रिय विद्यालयबाट सीबीएसई पनि प्रथम श्रेणीमा नै उत्तीर्ण गरेर आफ्नो लक्ष्यलाई अझ मजबुत बनाइन्। यसपछि लाडेनले आकाश शैक्षिक संस्थानबाट निट परीक्षा सफलतापूर्वक पूरा गरेपछि गत वर्ष 21 दिसम्बर, 2024 को दिन अहमद डेन्टल कलेज एवम् अस्पतालबाट बीडीएस (बेचलर अफ डेन्टल) को परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेर डेन्टल डाक्टर बन्न सफल भइन्।
असफल हुन डराउनु हुँदैन कारण असफलता नै सफलताको साँचो हुन् भन्ने डा. लाडेन साच्चै सफलताको शिखरमा पुगेर आफ्नो परिवार र आफन्तजनको मात्र होइन सम्पूर्ण पहाड तराईवासीको निम्ति गौरव बनेकी छिन्। यसका साथै उनी आउने पीढीको निम्ति उदाहरण बन्न पुगेकी छिन्। गाउँकी छोरी डाक्टर बनेको हालैमा उनलाई रोङचोङ गाउँका पीवाईएस संस्थाद्वारा अभिनन्दन पत्र प्रदान गर्दै सम्मानित गरियाे। सफलताको उचाई छुुने डा लाडेन हाल कलकत्तामा रहेर एमडीएस गरिरहेकी उनका परिवारजनले बताएका छन्।
---------------
हिन्दुस्थान समाचार / हनोक