डिमौ आदर्श अस्पतालमा सर्पदंशले शून्य मृत्युको खुशी मनाइयो
डिमौ आदर्श अस्पतालमा सर्पदंशले शून्य मृत्युको खुशी मनाइयो


शिवसागर, 06 जनवरी (हि.स.)। डा. सुरजीत गिरिको नेतृत्वमा डिमौ आदर्श अस्पतालका डाक्टरहरू र मेडिकल स्टाफले चौथो साल साँपले ठुङ्ग्दा शून्य मृत्यु दरको मध्यनजर सोमवार केक काँटेर खुशी मनाए। डा. सुरजीत गिरीलाई साँपले ठुङ्गा उपचार र जागरूताको निम्ति देश-विदेशमा सम्मानित गरिएको छ। केन्द्र सरकारले पनि डा. सुरजीत गिरीको उपलब्धीको निम्ति दुई पल्ट प्रशंसा गरेको छ। अस्पतालका सबै चिकित्सक एवं चिकित्सा कर्मी सर्पदंशले कसैको मृत्यु नहोस् यसलाई लिएर धेरै तत्पर रहन्छन्। चिकित्सकहरूको यस व्यवहारलाई लिएर स्थानीय नागरिकहरूले पनि उनीहरूको सराहना गर्छन्।

उल्लेख्य, वर्ष 2021 मा डिमौ ग्रामीण अस्पतालमा 464 साँपले ठुंगेका रोगीहरूको सफलतापूर्वक उपचार गरियो। यही क्रममा वर्ष 2022 मा 573, 2023 मा 629 र 2024 मा 863 जनाको डिमौ आदर्श अस्पतालमा उपचार गरियो, जसले गर्दा सबैको ज्यान बचाउन सकियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande