अजय एडवर्ड्सले गृहमन्त्री अमित शाहलाई गरे पत्राचार 
अजय एडवर्ड्सले गृहमन्त्री अमित शाहलाई गरे पत्राचार 


— अब हुने त्रिपक्षीय वार्ता राजनीतिक स्तरको हुनुपर्छ: अजय एडवर्ड

दार्जिलिङ, 07 जनवरी (हि.स.)। गोर्खा, आदिवासी, राजबंशी समुदायहरूको माग राजनीतिक विषय भएको हुनाले यस विषयमाथि अब हुने त्रिपक्षीय वार्ता राजनीतिक स्तरकै हुनुपर्छ भन्ने माग गर्दै इण्डियन गोर्खा जनशक्ति फ्रण्टका संयोजक अजय एडवर्ड्सले केन्द्रिय गृहमन्त्री अमित शाहलाई पत्राचार गरेका छन्।

अजय एडवर्ड्सले आज जारी प्रेस विज्ञप्तिमा यसै जनवरी 2025 मा हुने भनिएको त्रिपक्षीय वार्ता राजनीतिक स्तरको हुनुपर्छ भनेका छन्। उनले प्रस्तावित वार्ता राजनीतिक स्तरमा नभए यसको कुनै अर्थ हुने छैन भनी बताएका छन्। उनले इण्डियन गोर्खा जनशक्ति फ्रण्ट प्रमुख विपक्षी दल भएको हुनाले त्रिपक्षीय वार्तामा गोर्खाहरूको दीर्घकालीन माग एवं गोर्खाहरूको समस्याहरूमाथि आफ्नो पक्ष राख्ने हामीलाई पनि मौका दिनु पर्छ भनेका छन्।

उनले भनेका छन्, 'दार्जिलिङ, पहाड, तराई, डुवर्स एवं गोर्खा, आदिवासी, राजबंशी समुदायहरूबारे अन्य राजनीतिक दलका नेतृत्वहरूको सोच के कस्ता छ, त्यसबारे उनीहरूलाई नै थाहा होला। तर इण्डियन गोर्खा जनशक्ति फ्रण्टले स्थायी समाधान चाहन्छ। त्यस कारण हामीले अब हुने त्रिपक्षीय वार्ता राजनीतिक स्तरको हुनुपर्छ भनेका हौँ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande