खरसाङ बजारको ट्राफिक व्यवस्था सुचारु गर्न ट्राफिक पुलिस कटिबद्ध 
खरसाङ बजारको ट्राफिक व्यवस्था सुचारु गर्न ट्राफिक पुलिस कटिबद्ध


खरसाङ, 08 जनवरी (हि.स.)। खरसाङ बजारमा ट्राफिक व्यवस्थालाई सुचारू र सठीक रुपमा सञ्चालन गर्न खरसाङ ट्राफिक पुलिसद्वारा कडा व्यवस्था गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले खरसाङ बजारको ट्राफिक व्यवस्था सुचारु गर्नलाई रोहिणी जिरोदेखि टुरिस्ट लजसम्म नो पार्किङ जोन घोषणा गरिएको बताए।

उनले खरसाङ टाउनभरि नो पार्किङ जोन रहेको बताउँदै रोहिणी रोडमा पनि गाडीहरु डबल लाइनमा राख्न मनाही गरिएको बताए। उनले बताए अनुसार, खरसाङ बजारमा रहेका होटलहरुले पनि आफ्नै पार्किङ व्यवस्था गर्नुपर्ने छ। खरसाङ बजारको वर्द्धमान रोड र हिल कार्ट रोडमा पनि प्रशासनद्वारा तोकेका स्थानबाहेक अन्य ठाउँमा गाडीहरु रोकिएको पाइएमा कारबाही गरिने छ।

ट्राफिक पुलिस ओसी बीरेन्द्र छेत्रीले अघि भने, 'खरसाङ बजारको ट्राफिक व्यवस्था सठीक र सुव्यवस्थित गर्नलाई जनता र चालकहरु, दोकानेहरु साथै सबैले पुलिसलाई सहयोग गरिदिन आह्वान् गर्दछु।' उनले अघि भने, 'खरसाङ बजारमा कुनै पनि गाडीहरु जताततै अव्यवस्थित पार्किङ गरेर राखिएको‌ पाइएमा कानुनी कार्वाही गरिनेछ। गाडीहरु अव्यवस्थित रुपमा पार्किङ गरेर ट्राफिक सञ्चालनमा बाधा भएमा कार्वाही गरिनेछ।'

उनले बाइक स्कुटीहरुमा दुईवटा हेल्मेट अनिवार्य रहेको बताउँदै गाडीमा सिल्ट बेल्ट अनिवार्य रहेको बताए। उनले ट्रकहरुलाई जताभावी नरोकिदिन अनुरोध गरेका छन्। उनले खरसाङ बजारको गोयन्का पेट्रोल पम्प अघिल्तिर सिलगढीबाट दार्जिलिङ जाने गाडीहरुको‌ पिक अप र ड्रप मात्र गर्न पाउने, तर पार्किङ गर्न नपाउने साथै दार्जिलिङबाट सिलगढी जाने गाडीहरुले‌ अस्पताल मोडमा‌ पनि पिक अप र ड्रप मात्र गर्न पाउने तर पार्किङ गर्न नपाउने जानकारी गराएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande