चिया पसलमा चक्कुबाजी, युवक घाइते
चिया पसलमा चक्कुबाजी, युवक घाइते


नदिया, 9 जनवरी (हि.स.)। नदिया जिल्लाको कालीगञ्ज थाना अन्तर्गत कामारी गांउँको स्कूल ग्राउण्ड क्षेत्रमा गए बुधवार साँझ एक चियाको पसलमा दुई गुटमाझ भएको विवादमा युवकमाथि चक्कु प्रहार गरियो। घाइते युवकको नाम सूरज शेख हो जो नदिा जिल्लाको जुड़नपुर ग्राम पंचायत अधिनस्थ चिचीपुर गाउँ निवासी हुन्।

प्राप्त जानकारी अनुसार सूरज शेख आफ्ना साथीहरूसित केही टाड़ा कमारी स्कूल मैदानमा फुटबल म्याच हेर्न गएका थिए। खेलको अन्तमा सूरज फुटबल मैदान नजिक एक चिया पसलमा चिया पिरहेका थिए। सोही समय पसल सामु दुई पक्षमाझ विवाद भयो। साथै दुई पक्षमाझ भएको धक्का-मुक्काको कारणले सूरजको हातको चियाको कप उसैको शरीरमा पोखियो। सूरजले दुवै पक्षलाई झगड़ा नगर्न भनी सम्झाए। एकजना व्यक्तिले अचानक सूरजको देब्रेतिरको भुँड़ीमा चक्कुले प्रहार गरी त्यहाँबाट टाप कस्यो। रगताम्मे अवस्थामा सूरजलाई उसका साथीहरूले पहिला स्थानीय कालीगञ्ज अस्पताल पुऱ्याए जहाँबाट उसलाई पूर्व बर्दवानको कटवा महकुमा अस्पतालमा रेफर गरियो। सूरजमाथि चक्कु प्रहार गर्ने आरोपीको पहिचान हुन सकेको छैन। कालीगञ्ज थानाको पुलिसले घटनाको जाँच गरिरहेको छ। अस्पताल सूत्र अनुसार सूरज शेखको अवस्था स्थिर छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande