गान्तोक, 09 जनवरी (हि.स.)। केन्द्रिय गृह राज्यमन्त्री नित्यानन्द राय तीन दिवसीय भ्रमणमा आज सिक्किम आइपुगे। उनी आगामी 11 जनवरीसम्म सिक्किममा बस्नेछन् भने यस अवधि गान्तोक र पाकिम जिल्लामा प्रस्तावित विभिन्न कार्यक्रमहरूमा भाग लिनेछन्।
केन्द्रिय राज्यमन्त्री रायलाई आज रम्फू पर्यटक सुविधा केन्द्रमा राज्य गृह विभागका अतिरिक्त सचिव खेमराज शर्मा, आईटीबीपीको 13औं बटालियनका सहायक कमाण्डेन्ट महेन्द्र सिंह लगायत पर्यटन विभाग, गृह विभाग र आईपीआर विभागका अधिकारीहरूले स्वागत जनाए।
हिन्दुस्थान समाचार / बिशाल