38औं नेशनल गेम्समा राज्यको 45 सदस्यीय टोलीले भाग लिने
38औं नेशनल गेम्समा राज्यको 45 सदस्यीय टोलीले भाग लिने


गान्तोक, 09 जनवरी (हि.स.)। आगामी 28 जनवरीदेखि उत्तरखण्डमा शुरू हुने 38औं नेशनल गेम्सको उद्घाटन देशका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने जानकारी गराइएको छ। 28 जनवरीदेखि शुरू हुने उक्त खेलकूद कार्यक्रमको समापन 14 फरवरीमा हुनेछ। उक्त प्रतियोगितामा देशभरिका 10 हजारभन्दा अधिक एथलेटिक्स, प्रशिक्षक र अधिकारीहरूले सहभागिता जनाउने बताइएको छ।

उत्तरखण्डले पहिलोपल्ट राष्ट्रिय खेलकूद आयोजना गरिरहेको छ। यो कार्यक्रम परम्परागत र आधुनिक खेलकूदहरूको मिश्रण रहने बताइएको छ, जसले भारतको समृद्ध खेलकुद संस्कृतिलाई मनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

यस प्रतियोगितामा सिक्किमले लगभग 45 खेलाडी र अधिकारीहरूसहित भाग लिनेछन्, जसमा धनुर्विद्या, बक्सिङ, साइकलिङ, फुटबल र ताइक्वाण्डो सामेल छन्। सिक्किमले 2025 मा राज्य स्थापनाको 50औं वर्ष मनाइरहेको छ भने यस्तो स्थितिमा यो सहभागिता प्रतिकात्मक रहने बताएको छ।

38औं राष्ट्रिय खेलकूदले एथलेटिक उत्कृष्टतालाई प्रवर्द्धन गर्ने मात्र होइन, तर खेलकूद भावना मार्फत एकता, सांस्कृतिक आदान प्रदान र राष्ट्रिय गौरवलाई पनि बढावा दिने लक्ष्य राखेको छ।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande