दार्जिलिङ, 09 जनवरी (हि.स.)। चालकहरुले प्रत्येक दिन भोग्न परिरहेका समस्याहरूलाई कुनै पनि चालक संगठनले सम्बोधन नगरेको तथा अहिलेका कुनै पनि चालक संगठनहरुसॅंग तालमेल नमिलेको भन्दै आजबाट दार्जिलिङमा चालकहरुको नयाँ संगठन 'हिमालयन ड्राइभर एण्ड अनर्स वेलफेयर एसोसिएशन' गठन गरिएको छ।
संगठनले आफ्नो पहिलो टेकको रूपमा टाइगर हिलको निम्ति काट्न पर्ने टोकन बन्द गर्न लाउने पाइला चाल्ने बताएको छ। यसरी नै ट्राफिक समस्या समाधानको निम्ति पनि प्रशासनसॅंग मिलेर काम गर्ने आज दार्जिलिङमा पत्रकार सम्मेलनमा बताएको छ। युवा चालकहरु लगायत गाडी मालिकहरुलाई लिएर गठन गरिएको यस संगठनले दार्जिलिङ बाहिर पनि आफ्नो संगठन विस्तार गर्ने बताएको छ।
हिन्दुस्थान समाचार / हनोक