गान्तोक, 09 जनवरी (हि.स.)। सिक्किम पुलिसका नवनियुक्त महानिदेशक अक्षय सचदेवले आज राजभवनमा सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गरे। सचदेवले आफ्नो पदभार ग्रहण गरेपछि पहिलोपल्ट राज्यपालसॅंग भेट गरेका हुन्।
राज्यपालले 1991 ब्याचका वरिष्ठ आईपीएस अधिकारी अक्षय सचदेवलाई उनको नयॉं पदको निम्ति हार्दिक बधाई दिए तथा आगामी कार्यकालको निम्ति शुभकामना दिए। उनले राज्यका युवाहरूसम्म ड्रग्सको पहुॅंच सहज बनेकोमा चिन्ता व्यक्त गर्दै यसलाई भावी पीढीको निम्ति सबैभन्दा ठूलो खतरा बताए।
राज्यपालले यस समस्यालाई सम्बोधित गर्ने दिशामा सचदेवको अगुवाईमा सिक्किम पुलिसले कडा कदम उठाउने छ भन्ने विश्वास व्यक्त गरे। पुलिस महानिदेशक सचदेवले पनि राज्यपाललाई आफ्नो जिम्मेवारीको निर्वहन पूर्ण निष्ठा र इमानदारीसॅंग गर्ने आश्वासन दिए। उनले राज्यमा कानुन एवं व्यवस्थाको पालन कठोरताका साथ गरिने विश्वास दिलाएको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल