— बारम्बार झुकिएकोले वार्ता विषयमा जनतामा उत्साह छैन: डा मुनिष तामाङ
मिरिक, 08 जनवरी (हि.स.)। चुनाउकाे बेला मात्रै जनता समक्ष पुग्ने प्रथालाई परिवर्तन गर्दै भारतीय कंग्रेस पार्टीका गत लाेकसभा चुनाउका प्रार्थी डाक्टर मुनिष तामाङ बुधवार मिरिक आए। यस अवसरमा संचार माध्यमसित बाेल्दै डाक्टर मुनिष तामाङले चुनाउको बेला मात्र नभएर अन्य समयमा पनि जनतासँग नजिकको सम्बन्ध कायम राख्नका लागि हाल पहाड अनि तराई डुवर्सकाे भ्रमण गरी जनतासित भलाकुसारी गर्ने क्रममा मिरिक आइपुगेकाे बताए।
उनले आफु भोटमा उठेर जनताबाट हराउने होइन तर पुनः भेट्नु आउनु र भलाकुसारी गर्दै आएको र आफु पहाड तराई सबैतिर जाने बताएका छन्। तिनले जनवरी महिनामा हुने भनिएकाे त्रिपक्षीय वार्ताबारे आफ्नो पक्ष राख्दै वार्ता विषयमा सुनेको, तर त्यो तय नभएको र बारम्बार झुकिएको कारणले वार्ता भए पनि नभए पनि जनताले आशा नगरेको बताएका छन्। उनले वार्ता विषयमा हल्ला मात्रै सुनिएको छ, तर जनतामा वार्ता विषयमा उत्साह नरहेको पनि बताएका छन्।
हिन्दुस्थान समाचार / हनोक