कोलकाता, 09 जनवरी (हि.स.)। पश्चिम बंगाल पुलिसले बुधवार प्राप्त सूचनाको आधारमा कारबाही गर्दै मालदा जिल्लाको खोशलपाडा गाउॅंबाट 20 लाख रूपियॉंको झाली भारतीय मुद्रा नोट बरामद गरेको छ। यो गाउॅं भारत-बांग्लादेश सीमा छेउ स्थित छ। एसटीएफले बिहिवार बयान जारी गरेर उक्त जानकारी दिएको हो।
पुलिस अनुसार, कुल चार हजार 300 झाली नोट जफत गरिएको छ, जसमा तीन हजार 800 नोट 500 रूपियॉंको र रहल 500 नोट 200 रूपियॉंको छ। पुलिसलाई खोशलपाडा गाउॅंको एउटा खाली घरमा झाली नोटको लुकाएर राखिएको सूचना प्राप्त भएको थियो। यसपछि, बुधवार पुलिसले सर्च अपरेशन चलायो र उक्त घरबाट एउटा ब्याग बरामद गऱ्यो।
यस सम्बन्धमा पुलिसले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन। झाली नोटको ब्याग त्यहॉं कसरी आइपुग्यो भन्ने पत्तो लगाउन पुलिस जॉंचमा जुटेको छ। कालीचकका सब डिविजनल पुलिस अफिसर फैसल रेजाले दोषीहरूको पत्तो लगाउने प्रयास जारी रहेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल