कोकराझारमा गणतन्त्र दिवसका लागि जिल्ला प्रशासनको तयारी बैठक आय़ोजित
कोकराझारमा गणतन्त्र दिवसका लागि जिल्ला प्रशासनको तयारी बैठक आय़ोजित


कोकराझार, 08 जनवरी (हि.स.)। गणतन्त्र दिवस-2025 समारोहको तयारीहरूका लागि आज कोकराझारमा जिल्ला आयुक्त कार्य़ालयको सम्मेलन कक्षमा एक तयारी बैठक आयोजित गरियो। बैठकको अध्यक्षता जिल्ला आयुक्त मसन्दा पर्टिनले गरे, जसमा यस महत्वपूर्ण दिनको निम्ति योजनाहरूलाई अन्तिम रूप दिनमाथि जोड दिइयो। बैठकमा गणतन्त्र दिवसको तयारीहरूमाथि विस्तारले चर्चा गरियो, जसमा विभिन्न कार्यक्रमहरू र उनको सुचारू संचालनमाथि ध्यान केन्द्रित गरियो। पर्टिनले अधिकारीहरू र कर्मचारीहरूलाई सुम्पिएको कर्तव्यहरूको विस्तृत विवरण प्रस्तुत गरे ताकि व्यवस्थाहरूलाई सुचारू रूपले सम्पन्न गर्नसकियोस्।

उनले जिम्मेवारीहरूलाई निभाउनमा सतर्कता, समयको प्रतिबन्ध र विभागहरूबीच प्रभावी समन्वयको महत्वमाथि जोड दिए। जिल्ला आय़ुक्तले टीम वर्क र सकारात्मक दृष्टिकोणको आवश्यकतामाथि जोड दिँदै सबैसित मिलेर काम गर्ने आग्रह गरे, ताकि गणतन्त्र दिवसको भावना र महत्व बनाई राख्न सकियोस्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande