नयाँ दिल्ली, 04 जनवरी (हि.स.)। सर्वाइकल क्यान्सर जागरूकता महिनाको अवसरमा सफदरजंग अस्पतालको बाल चिकित्सा ओपीडीमा एचपीवी भ्याक्सिनेशन क्याम्प आयोजित गरियो। शनिवार आय़ोजित यस क्याम्पमा 9-20 वर्षका केटीहरूलाई एचपीवी भ्याक्सिन दिइयो। यस पहललाई आरसीओजी नर्थ जोन इण्डियाले सहयोग प्रदान गऱ्यो। 28 नानीको क्याम्पमा पंजीकरण गराइयो, जसमध्ये 25 लाई भ्याक्सिन दिइयो।
क्याम्पको उद्घाटन मेडिकल सुपिरटेन्डेन्ट डा. कपिल सूरी र वीएमएसी र एसजेएचका प्रिन्सिपल डा. गीता खन्नाले गरिन्।
यस अवसरमा एडिशनल एमएस डा. आरपी अरोड़ा, बाल रोग विभागका एचओडी डा. कृष्ण कुमार र गायनी विभागका एचओडी डा. रत्तन गुप्ता पनि उपस्थित रहे। डा. सरिता शमसुन्दर (हेड, गाइन अन्कोलोजी यूनिट), डा. अनीता कुमार, डा. अर्चना मिश्रा, डा. शीबा मारवाह र डा. सुमित मेन्दीरत्ता यस आयोजनका प्रमुख आयोजक रहे।
क्याम्पमा नानीहरू र अभिभावकहरूली एचपीवी भ्याक्सिनको महत्व र सुरक्षाबारे जानकारी दिइयो। एचपीवी भ्याक्सिनको उद्देश्य सर्वाइकल क्यान्सर र अन्य सम्बन्धित रोगहरूदेखि बचाउ गर्नु हो। विशेषज्ञहरूले भने, समयमा भ्याक्सिनले यस घातक रोगलाई रोक्नसकिन्छ।
हिन्दुस्थान समाचार / भवानी थामी