तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट : जर्जियन एफसी कालेबुङ फाइनलमा प्रवेश
जर्जियन एफसी कालेबुङ फाइनलमा प्रवेश


खरसाङ, 04 जनवरी (हि.स.)। जर्जियन एफसी कालेबुङ तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेकाे छ। युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको आयोजनामा तीनधारेको मिठाइडाँडा खेल मैदानमा भइरहेको तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट अन्तर्गत आज पहिलो सेमिफाइनल खेल जर्जियन एफसी कालेबुङ र ब्राइट स्पोर्टिङ्ग क्लब सिलगढीमाझ सम्पन्न भयो।

यस खेलमा पहिलो हाफ 0-0 गाेलकाे बराबरीमा समाप्त भएको थियो। दोस्रो हाफको निर्धारित समयकाे खेलमा पनि गाेलरहित रह्याे, तर तीन मिनटकाे अतिरिक्त समयमा जर्जियन एफसी, कालेबुङको जर्सी नम्बर 22 प्रवीण सुब्बाले गोल गरेर आफ्नो टिमलाई फाइनलमा प्रवेश गराउन सफल बने।‌ यस खेलमा म्यान अफ् द म्याच जर्जियन एफसी कालेबुङका खेलाडी 5 प्रवेश रोय चयन भए।

जर्जियन एफसी कालेबुङको तर्फबाट पाँचजना खेलाडी जीटीए इलेभेनका खेलाडीहरु थिए। तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको पहिलो सेमिफाइनल हेर्न आएका अधिकांश दर्शकहरुले पनि जर्जियन एफसी कालेबुङलाई‌ सपोर्ट गरेको देखियो। आजको खेलमा मुख्य अतिथिको रुपमा बिन्नी शर्मा अनि विशिष्ट अतिथिको रुपमा विराज प्रधान उपस्थित रहेका थिए।‌ भाेलि आइवार दोस्रो सेमिफाइनल खेल युनाइटेड एफसी दार्जिलिङ र युकेएफसी खरसाङमाझ सम्पन्न हुनेछ। दोस्रो सेमिफाइनलका विजेता र जर्जियन एफसी कालेबुङबीच उपाधिको लागि भिडन्त हुनेछ।

युनाइटेड तीनधारे स्पोर्ट्स एसोसिएशनको सचिव रञ्जित थापाले तीनधारे च्यालेञ्ज कप फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी 10 जनवरीमा‌ हुने जानकारी गराए‌‌। उनले यस टुर्नामेन्टको विजेतालाई ट्रफीसहित दुई लाख रुपियाँ र उप विजेतालाई ट्रफीसहित एक लाख रुपियाँ प्रदान गरिने जानकारी गराएका छन्‌‌।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande