गाजियाबाद, 05 जनवरी (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आइतवार दिल्ली-गाजियाबाद-मेरठ करिडोरमा नमो भारत ट्रेनको चौथो सेक्शन साहिबाबाददेखि न्यू अशोक नगरसम्म शुभारम्भ गरे। प्रधानमन्त्रीले साहिबाबाद आरआरटीएस स्टेशनदेखि नमो भारतमा न्यू अशोक नगर स्टेशनसम्म यात्रा पनि गरे।
प्रधानमन्त्रीले स्वयं टिकट काउण्टरबाट टिकट किनेर अनि विद्यार्थीहरूसॅंग नमो ट्रेनमा यात्रा गरे। यस अवधि उनले नानीहरूसॅंग ट्रेनमा कुराकानी पनि गरे। विद्यार्थीहरूले प्रधानमन्त्रीलाई उपहार पनि दिए। यसपछि, प्रधानमन्त्रीले दिल्लीको जापानी पार्कमा नमो भारत ट्रेनको चौथो चरणको औपचारिक रूपमा उद्घाटन गरे। सॉंझ पॉंच बजी यस खण्डमा जन साधारणको निम्ति नमो भारत ट्रेनको सुविधा शुरू हुनेछ। प्रधानमन्त्रीले 20 अक्टोबर, 2023 मा साहिबाबाद आरआरटीएस स्टेशनबाट पहिलो सेक्शनको शुरुवात गरेका थिए।
प्रधानमन्त्रीले जापानी पार्कमा न्यू अशोक नगरमा 13 किमी लामो दिल्ली-गाज़ियाबाद-मेरठ नमो भारत करिडोरको साहिबाबाददेखि न्यू अशोक नगरसम्मको सेक्शनको औपचारिक रूपमा उद्घाटन गर्नेछन्। यस प्रोजेक्टको लागत लगभग 4,600 करोड रूपियॉं हो। यो दिल्लीको पहिलो नमो भारत कनेक्टिविटी हुनेछ, जसले दिल्ली र मेरठबीच यात्रालाई सुविधाजनक बनाउने छ। साहिबाबादबाट हाई स्पीड ट्रेनको आरामदायक यात्रा सुविधाबाट लाखौं मानिसहरू लाभान्वित हुनेछन्।
हिन्दुस्थान समाचार / भवानी थामी