वाशिङ्गटन, 08 जनवरी (हि.स.)। अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पल्ट फेरि हमासलाई चेताउनी दिँदै यदि उनको शपथ ग्रहण अगाड़ी बन्धक बनाइएका मानिसहरूलाई मुक्त गरिएन भने मिडल ईस्टमा सबैकुरा बर्बाद हुनेछ भनेका छन्। ट्रम्पले 20 जनवरीमा अमेरिकाको 47औं राष्ट्रपतिको रूपमा शपथ लिन गइऱहेका छऩ्।
नव निर्वाचित राष्ट्रपति ट्रम्पले मंगलवार फ्लोरिडाको मार-ए-लागोमा प्रेस कन्फ्रेन्समा अमेरिकी बन्धकहरूको रिहाईलाई लिएर हमासको साथ चलिरहेको बातचित सम्बन्धी प्रश्नको जवाफ दिइरहेका थिए। हमासको तर्फबाट बन्धक बनाइएका मानिसहरूको रिहाईलाई लिएर क़ड़ा प्रतिक्रिया दिँदै ट्रम्पले स्पष्ट भने, 20 जनवरीमा अमेरिकी राष्ट्रपतिको रूपमा उनले शपथ ग्रहण गर्न अगाड़ी यदि बन्धकहरूलाई रिहा गरिएन भने यो हमास वा कसैको निम्ति पनि राम्रो हुनेछैन। यदि उनले पदभार ग्रहण गरिञ्जेलसम्म इजराइली बन्धक फर्केनन् भने मध्य पूर्वमा सबैकुरा बर्बाद हुनेछ। उसले धेरै अगाड़ी बन्धकहरूलाई रिहा गर्नुपर्थ्यो। मानिसहरूलाई बन्धक बनाउनु नै हुन्थेन।
उल्लेख्य, 07 अक्टोबरमा दक्षिणी इजराइलमा हमास आतङ्कीहरूको हमलापछि इजराइलको अनुमान छ कि लगभग सय जनालाई हमासले अहिलेपनि बन्धक बनाएर राखेको छ, जसको रिहाईको निम्ति विभिन्न स्तरहरूमा प्रय़ास चलिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी