केलिफोर्नियाका जंगलहरूमा आगो लाग्दा 5 को मृत्यु, लाखौं प्रभावित
केलिफोर्नियाका जंगलहरूमा आगो लाग्दा 5 को मृत्यु, लाखौं प्रभावित


केलिफोर्निया, 09 जनवरी (हि.स.)। अमेरिकाको केलिफोर्निया राज्यमा लस एन्जेल्स नजिक जंगलहरूमा लागेको आगोले विकराल रूप धारण गरेको छ। आगोले अहिलेसम्म 5 जनाको मृत्यु भइसकेको छ र भारी संख्यामा मानिसहरू घाइते भएका छन्। लगभग तीस हजार मानिसहरूलाई घर छोड्न परेको छ। आगोको चपेटमा परेर भारी संख्यामा बिल्डिङहरूलाई नोकसान पुगेको छ।

शुरूआतमा यो आगो पेसिफिक पेलिसेड्स, ईटन र हर्स्टका जंगलहरूमा लाग्यो जुन तमाम प्रयासहरू गरिएपनि अन्य क्षेत्रहरूमा फैलिँदै गयो। जानकारी अनुसार, दक्षिण केलिफोर्नियाका सूखा जंगलहरूमा तीव्र हावाले गर्दा यो आगो तीव्र गतिमा फैलियो।

लस एन्जेल्सका जंगलहरूमा लागेको आगो तीव्र गतिमा फैलिरहेको छ, जसले गर्दा स्टेट अफ एमरजेन्सीको घोषणा गरिएको छ। साथै मानिसहरूको लागि चेताउनी जारी गरिएको छ।

एलए काउन्टीका फायर चीफ एन्थनी मार्रोनले बुधवार पत्रकार वार्तामा भने, ईटनमा लागेको आगोको कारण पाँच जनाको ज्यान गयो र धेरै घाइते भएका छन्। जबकि लस एन्जेल्सको पेसिफिक पेलिसेड्समा लागेको आगोमा हजारौं मानिसहरूलाई सुरक्षित निकालियो। यसका साथै हर्स्टमा आगो भड्किएको छ।

यस आगोले लाखौंको संख्यामा मानिसहरू प्रभावित भएका छन् र लगभग 30 हजार मानिसहरूलाई घर छोड्नु परेको छ। आगोको विकराल रूप र अन्य क्षेत्रहरूमा यो फैलिने आशंकाको मध्यनजर 50 हजार मानिसहरूलाई घर खाली गर्ने आदेश दिइएको छ। यस आगोमा डेढ़ हजारभऩ्दा धेरै भवन नष्ट भइसकेको छ। केलिफोर्नियाको पसाडिना शहरमा आगोले यहूदी प्रार्थनास्थल जल्यो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande