बुडापेस्ट, 09 जनवरी (हि.स.)। आयरन लेडी को नामले विख्यात हंगरीकी पौड़ीबाज केटिन्का होस्जूले बुधवार प्रतिस्पर्धी पौड़ी खेलबाट सन्यासको घोषणा गरिन्।
सोशल मीडियामा एक भावपूर्ण सन्देशमा 35 वर्षीय पौड़ीबाजले ती सबैको आभार व्यक्त गरिन्, जसले उनको समर्थन गरे औं खेलद्वारा प्रदान गरिएको परिवर्तनकारी यात्रामाथि विचार गरिन्।
उनले भनिन्, अब जब म आफ्नो करियरमाथि नजर घुमाउँछु, मलाई धेरै सन्तुष्टि महसूस हुन्छ। पदक र रेकर्ड मूल्यवान छन् तर जुन चीज मसित सबैभन्दा धेरै जोड़िरह्यो, त्यो हो पौड़ी खेलप्रति मेरो शाश्वत प्रेम।
होस्जूको उपलब्धीहरूको सूची असाधारण छ। उनी तीन पल्टको ओलम्पिक च्याम्पयिन हुन्, जसले 200 मीटर र 400 मीटर व्यक्तिगत मेडलमा स्वर्ण पदक जितेकी छन्, साथै 2016 रियो ओलम्पिकमा 100 मीटर बेकस्ट्रोकमा पनि स्वर्ण पदक जितेकी छऩ्।
आफ्नो करियरमा उनले 97 पदक जितिन् औं 200 मीटर व्यक्तिगत मेडलहरू विश्व रेकर्ड 2.06.12 को साथ जितिन्, जसबाट खेलको सर्वकालिक महान खेलाड़ीहरूमध्ये एकको रूपमा उनको स्थिति मजबुत भयो।
हिन्दुस्थान समाचार / भवानी थामी