चेन्नई, 19 अक्टोबर (हि.स.)। अभिनेता बाट नेता बनेका विजयको पार्टी तमिलगा वेत्री कझगम (टीवीके) ले करूरमा भएको भगदड घटनामा ज्यान गुमाएका ३९ जनाका परिवारलाई २०-२० लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ। पार्टीले सो रकम सम्बन्धित परिवारहरूको ब्याङ्क खातामा पठाइसकेको जनाएको छ।
टीवीकेले सामाजिक सञ्जाल एक्स मार्फत जानकारी दिँदै भनेको छ, “हामीले २८ सेप्टेम्बरमा गरेको घोषणाअनुसार १८ अक्टोबरमा ब्याङ्क आरटीजीएस प्रणालीद्वारा परिवार कल्याण कोषका रूपमा २० लाख रुपियाँ पठाएका छौं।” पार्टीले प्रभावित परिवारहरूलाई यो सहयोग स्वीकार गर्न अनुरोध गरेको छ। पार्टीका अनुसार ३९ परिवारलाई २०-२० लाख रुपियाँ पठाइएको छ, जसको कुल रकम ७.८ करोड रुपियाँ हुन्छ।
उल्लेखनीय छ, २७ सेप्टेम्बरमा करूरमा भएको भगदड घटनामा ३९ जनाको मृत्यु भएको थियो र ६० भन्दा बढी घाइते भएका थिए। दुर्घटनापछि टीवीकेले मृतकका परिवारलाई २० लाख रुपियाँ र घाइतेहरूलाई २-२ लाख रुपियाँ राहत उपलब्ध गराउने घोषणा गरेको थियो।
--------------
हिन्दुस्थान समाचार / भवानी थामी