गुवाहाटी, 19 अक्टोबर (हि.स.)। पूर्वोत्तर भारतको प्रमुख सांस्कृतिक आयोजनहरूमध्ये एक ‘चलचित्रम् राष्ट्रिय फिल्म महोत्सव’ -को तिथिमा फेरबदल गरिएको छ। विश्व सम्वाद केन्द्र, असमको सहयोगमा आयोजना भइरहेको यो महोत्सव पहिला 25र 26 अक्टोबरको दिन ज्योति चित्रवनमा हुने निश्चित भएको थियो।
चलचित्रम्का अध्यक्ष नव ठाकुरिया औ सचिव भगवत प्रीतमद्वारा जारी एक बयानमा बताइएको छ, अब यो महोत्सव नयाँ तिथिमा आगामी 29 र 30 नोभेम्बरमा ज्योति चित्रवन परिसरमा दुई दिवसीय रूपमा आयोजना गिरनेछ। आयोजकहरूले बताए, नयाँ तिथिसम्म दर्शक अनि प्रतिनिधिहरूले आफ्नो पञ्जीकरणलाई जारी राख्न सक्नेछन्। उनीहरूले आशा व्यक्त गरे, पूर्वमा जस्तै यसपालि पनि महोत्सवलाई सबैको सहयोग अनि समर्थन प्राप्त हुनेछ। बयानमा यो पनि बताइएको छ, तिथि परिवर्तन बाहेक महोत्सवसित सम्बन्धित सबै नियम, दिशानिर्देश एवंं व्यवस्थाहरू पूर्ववत रहनेछन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा